Friday, November 20

दुई दिन लगातार घटेको शेयर बजारमा आज सुरुदेखि नै हरियाली

यो साताको कारोबार भएको पहिलो दिन मंगलबारदेखि लगातार घटेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन विहीबार भने बजार खुलेदेखि लगातार बढिरहेको छ । यो साताको तीन दिन जलविद्युत समूहको शेयर भएको लगातार गिरावट विहीबार भने उकालो लागेको छ । बिहान ११ बजे बजार खुलेपछि हरियाली आएको बजारमा दिउँसो १ बजेसम्म पनि हरियाली यथावत छ ।

विहीबार दिउँसोसम्म १ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ भने अन्य दुई कम्पनी पनि सकरात्मक सर्किट नजिक पुगेका छन् ।

विहीबार गुह्वेश्वरी मर्चेन्ट बैंकिङ तथा फाइनान्सको शेयरमा सकरात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य विहीबार ७०२.२ रुपैयाँ पुगेको छ । यस्तै जीवन लघुबित्त र खानीखोला जलविद्युत सकरात्मक सर्किट नजिक पुगेका छन् । जीवन लघुवित्तको शेयर मूल्य विहीबार ५१९८.९० रुपैयाँ पुगेको छ । विहीबार दिउँसोसम्म नेप्से १०.४ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स २.२१ अंकले बढेको छ ।

यसअघि बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको थियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको थियो ।

यस्तै यो साताको पहिलो दिन मंगलबार कारोबार हुँदा शेयर बजारमा गिरावट आएको थियो । मंगलबार शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको थियो ।

मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका थियो ।

मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *