Friday, November 20

दुर्गा प्रसाईं यूएई भ्रमणमा, बर्षौदेखि अलपत्र परेको नेपालीको शबलाई ल्याउने तयारी

काठमाण्डौँ, असार २४
ग्यालेक्सी दैनिक
समाजसेवी दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने निर्णय गरे लगत्तै दुबईको भ्रमणमा प्रस्थान गर्नुभएको छ । दुबई पुग्ने बित्तिकै त्यहाँ अप्ठ्यारामा रहेका नेपालीहरुले प्रसाईं दुबई आएको थाहा पाउने बित्तिकै हारगुहार गर्दै विभिन्न कारणले अलपत्र परेका र (natural death) सुतेको स्थानमा सुतेको सुतेकै भएर मृत्यु भएका बर्षौदेखि यतिकै रहेका शब नेपाल पुर्याउन मद्दत मागे । सो अवस्था देखेर
प्रसाईंले पुग्ने बित्तिकै पहिलो काम युएईको दुबईमा अवस्थित नेपाल ल्याउन न सकिएको १६ वटा शब तत्कालै नेपाल ल्याउन पहल गर्दै हुनुहुन्छ । यो खबरले नेपालमा रहेका ती म्रितकका आफन्तहरुलाई राहत मिलेको छ र सरकारले नगरिदिएको काम दुबईमा गएर आफ्नो मान्छे ल्याउन पहल गरेकोमा दुर्गा प्रसाद प्रसाईंलाई ढुङ्गा खोज्दा देउता भेटिए सरह भएको कुरा भाबुक हुँदै उनीहरुले बताएका छ्न ।

बिदेशीनु रहर होइन, बाध्यता हो । नेपालमा राम्रा होइन, हाम्रा लाई मात्र अवसर छ, आफ्नै देशमा केही गरौं । भएका उद्योग, कलकारखाना सबै बन्द ठप्प छ्न, काम गर्ने वातावरण छैन केहि गरौं न त भन्दा सरकारले जनतामाथी लगाएको करले ठुलाठुला उद्योगपतिदेखि मझौला ब्यपारी समेत चर्को करले पिल्सिएको अवस्था छ । त्यही माथी आफ्नै देशमा केही गर्न खोज्नेको लागि पनि तल्लो तहका कर्मचारीदेखि माथिल्लो तहका निकायलाई कमिसन बुझाउन पर्ने सेटिङ गर्नुपर्ने अवस्था छ र यो सबैले भोगेको यथार्थ हो । यो काहाली लाग्दो यथार्थले नै आज चाहेर न चाहेर बिदेशीनु पर्ने हरेक नेपालीको बाध्यता छ ।

चर्को ब्याजमा ऋण लिएर घर जग्गा धित्तो राखेर वा बेचेर घरपरिवारलाई छोड्दै नेपालको बिमानस्थलमा भक्कानिदै बिदेश गएका कयौं नेपाली दिनहुँ जस्तो देखिन्छन । बिदेशमा द:ख गरेर स्वदेशमा परिवारसंग खुशी जिवन बिताउने सपना देख्ने नेपालीहरु जब बिदेश पुग्छ्न कति त बिचौलियाको फन्दामा फस्छ्न कति भने मेनपावरको फन्दामा परेर एक काम भनेर अर्को काममा पठाउने, एक देश भनेर अर्को देशमा पुर्याउने, थाह नभएकालाई झुक्याएर भिजिट भिसामा पठाउने, चर्को रकम असुल्ने अनि अलपत्र पारिदिने गर्छ्न ।

४८-५० डिग्रीको सम्मको चर्को घाममा काम गर्नुपर्ने, साहुको ऋण र परिवारलाई खुशी जीवन बिताउला भन्दै दिएको आश्वासन याद आउने, काम गर्दा गर्दै चर्को घामले कति खेर आमा पनि भन्न न पाई ढल्ने हो थाह नहुने, कुन बेलामा बाचिन्छ या मरिन्छ भर नहुने दयनिय परदेशी जिवनको सिहंदरबार बसेर रेमिटेन्समा पल्केका शासकलाई के थाह?

जिउदै हुँदा त उद्दार नगर्ने सरकारले मरेपछी पनि लास नेपाल पुर्याईदे है भन्दा र आफ्नै भुमिको माटोमा बिलिन हुन चाहान्छौं भन्ने कयौं नेपालीहरु यूएईमा छ्न । कि सास कि लास भए पनि हाम्रो मान्छेको हेरेर हामी चित्त बुझाई दाहसंस्कार गर्छौ । हाम्रो मान्छेको लास ल्याईदे सरकार भन्दा भन्दा अब त आफन्तको आँसु पनि रित्तिसक्यो, कयौं बर्षदेखि लास कुरेर बसेका आफन्तहरु वैदेशिक रोजगार अन्य बिभाग सरकारसंग हारगुहार गर्दागर्दै अब त आश पनि मरिसकेको मृत्युका आफन्तहरु बताउछ्न ।

आफन्तको चर्को गुनासो आएपछी वैदेशिक रोजगारमा फसेका नेपालीहरुको उद्दारको क्रममा केही समय अघिको अनुसन्धान गर्दा बिचौलिया मेनवारले वैदेशिक रोजगारको बिभागका तल्लो कर्मचारीदेखि माथिल्लो तहमा समेत सेटिङ गरेको पाईयो । जसले गर्दा कोहि आफ्नो आफन्त उजुरी गर्न जादाँ पनि उजुरी नलिने र लिए पनि यतिकै महिनौ महिनौ झुलाएर मतलन नै नगरेको पाईएको छ । यूएईको विभिन्न ठाउँमा ६ हजार भन्दा बढी नेपाली अलपत्र छ्न र हजारौंको संख्यामा शबहरु छ्न । एउटा शब ल्याउनका लागि ३ देखि ४ लाख सम्म लाग्छ सरकारले गर्ला गर्ला भन्दै आश मरिसकेका आफन्तहरुको आशलाई सास बनाएका छन दुर्गा प्रसाईं । उनको यो कामले आफन्तहरुलाई राहत दिएको बताएका छ्न । अब आफ्नै पहलमा भएपनि जसरी पनि दुबईमा रहेका नेपालीहरुको शब केही दिन भित्रैमा नेपाल पुर्याउने प्रतिबद्धता दुर्गा प्रसाद प्रसाईंले गर्नु भएको छ ।

प्रसाईको यो महान कार्यको लागि पहल गर्ने र दुबईमा अलपत्र परेका नेपालीहरुको आवाज बिहिनको आवाज बनेर हरपल डटेर उद्दार गर्न लागि NRN दुबईका युवा संयोजक भिम मल्ल ठकुरी, कमल जि.सि, रिजवन अलाम, बिष्णु गिरी लगायतले साथ दिएका छन ।

भनिन्छ्न नि जस्को कथा उसकै ब्यथा ।
यो व्यथा नेपाल सरकारलाई के थाह?
यो पहलको लागि दुर्गा प्रसाद प्रसाईं लगायत सम्पुर्णलाई नेपालीको तर्फबाट धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *