Friday, November 20

नायक केसी सांस्कृतिक संघमा मनोनित

काठमाण्डौं, माघ ११ 
ग्यालेक्सी दैनिक
नेपाली काँग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नायक दिनेश केसी मनोनित हुनुभएको छ ।

संघका अध्यक्ष तीर्थ बहादुर थापाले उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गर्नु भएको हो ।

उनले नेपाली कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप विभिन्न संघसंस्थाबाट प्रशंसापत्र, प्रमाणपत्र र अन्य पुरस्कारहरू पाउने क्रम जारी छ ।

‘यस्ता सम्मानहरूले आफ्नो कर्मप्रति थप जिम्मेवारी थपिएको महसुस हुुन्छ’, नायक केसीले भने ।

दर्जन चलचित्रमा काम गरिसकेका चकलेटी नायकको रूपमा परिचित केसी ठूलो पर्दाको चलचित्र निर्माण कोभिड संक्रमण फैलिएयता ठप्पजस्तै हुँदा म्युजिक भिडियोमा व्यस्तहुुन थालेका थिए ।

पुनः तेश्रो लहरको माहामारीले फेरी कला क्षेत्र कहिलेसम्म थला पर्ने हो भन्ने बिषयमा चिन्तित नायक केसी आफ्नो काममा निकै नै अब्बल मानिन्छ भने नेपाली सिने जगतका आशालाग्दा र निर्माता, निर्देशकको रोजाइमा पर्ने कलाकार पनिहुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *