Friday, November 20

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको जनाइएको छ। पहिरो आज राति ३ बजेको समयमा खसेको हो ।  अविरल बर्षाले नारायणगढ–मुग्लिन सडकखण्डका ठाउँ ठाउँमा सानो, ठुलो पहिरो गएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *