Friday, November 20

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज आकस्मिक रुपमा बोलाइएको स्थायी कमिटी बैठक भोलि बस्नेगरी स्थगित भएको हो ।

बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको थियो । एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । 

पार्टी एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि हालसम्म सहमति जुट्न सकिरहेको छैन। कार्यदलको बैठकमा कुनै निर्णय हुन नसकेका कारण आजको बैठक बस्न नसकेको बतायएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *