युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा चेक रिपब्लिकले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गरेको हो ।
उक्त खेलको पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन । खेलको ६८ औं मिनेटमा चेकका टोमस होलेसले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा चेकका प्याट्रिक सिकले चेकले गोल गरी टिमलाई अग्रता दोब्बर पारे । जितसँगै चेक युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ ।
