काठमाण्डौ, माघ २४
ग्यालेक्सी दैनिक
विगत दुई दशकदेखि नेपाली गीत संगीत, चलचित्र एवम वृत्तचित्रमा सक्रिय गणेश सुवेदी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको केन्द्रिय महामन्त्रीमा नियुक्त हुनु भएको छ । संघको गतिविधिमा क्रियाशील सुवेदी संघको पूर्ण सदस्य पनि हुनुहुन्थ्यो ।
लोकतन्त्र प्रति आस्था राख्ने सांस्कृतिक कर्मीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल सांस्कृतिक संघ नेपाली भाषाम कला साहित्य र संस्कृति विविध बिषयको अध्य्यन अनुसन्धान र संरक्षणमा कटीबद्ध रहदै आएको छ ।
नेपाली कांग्रेसको निति सिद्धान्त र आदर्शलाई कलाको माध्यमबाट नागरिकको मनमनमा पुर्याउने उद्देश्यले नेपाल सांस्कृतिक संघको गठन भएको हो । संस्कृतिकर्मीहरुको हकहित संरक्षणमा दिलो ज्यान दिन हरदम तयार गणेश सुवेदीको आगमनपछी संघले नयाँ गति लिने विश्वास गरिएको छ ।
रोल्पा जिल्लाको त्रीवेणी गाँउपालिका वडा न ५ का स्थायी बासिन्दा गणेश सुवेदी नेपाली कांग्रेसका जिम्मेवार कार्यकर्ता संगै नेपाली संस्कृति र साहित्य बिषयमा कलम चलाउने व्यक्ती पनि हुन ।
