Friday, November 20

प्रदेश स्तरीय नेपाली मौलिक बाजा प्रशिक्षण २०७८ सम्पन्न

काठमाण्डौ, मंसिर २८ 
ग्यालेक्सी दैनिक
पांचथर । अन्तत धेरैको मन थक थक हुँदै १२ दिने च्याब्रुङ प्रशिक्षण सकियो । संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात पुर्व मन्त्री वसन्त कुमार नेम्बाङ,किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरती तुम्बापो, एवं प्राज्ञ सभा सदस्य भुमिका लिम्बु, संगीतज्ञ शिलाबहादुर मोक्तान, प्रसिद्ध गायिका कुन्ती मोक्तान लागायत धेरै विशिष्ट ब्यक्तित्वहरुले हरेक दिनको अवलोकन अनुगमनको क्रममा यस्तो राम्रो प्रशिक्षणमा आफू सहभागी हुन नपाएकोमा बहुत थक थक लागेको बताउनु भएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ष्ठनको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाचथरको ब्यबस्थापनमा प्रदेश स्तरिय लोक बाजा प्रशिक्षण कार्यक्रम अन्तर्गतको कार्यक्रम सदरमुकाम फिदिम स्थित बरदान संगीतालयमा लिम्बू जातिको अर्यन्तै पुरानो मौलिक बाजा के (च्याब्रुङ)को आधुनिक र सांगीतिक सिस्टम भित्र रहेर गरिएको प्रशिक्षण सकिएको हो ।

ताप्लेजुङ , पाचथर, तेर्थुम लगायतका अत्यन्तै उत्शाहित २२ जना पशिक्षार्थीहरु रहेको उक्त प्रशिक्षण कार्यक्रम मंसिर १२ गते देखि हरेक दिन दुई सिफ्ट गरेर ७ घण्टाको दरले मंसिर २६ मा समापन भएको हो । “मैले कैयौ वर्ष के: (च्याब्रुङ) नाचे तर त्यो परम्परागत बादन र त्यस्तै नाचमा मात्र सिमित रहेछ, यो प्रशिक्षणले पुरै आँखा खोली दियो आधुनिक र ब्यबस्थित रुपले बजाउन नाच्न सिक्न पाउँदा सुरु सुरुमा त मै हराएँ तर प्रशिक्षणको केही दिन देखि मात्र प्रस्ट बुझियो कि हामिले नाचेको बजाएको त पुरै अब्यबस्थित र अबैज्ञानिक रहेछ” सहभागि ताप्लेजुङ्का केबि किरातिले बताए । यसरी नै “हामिले च्याब्रुङ नाच्नु बजाउनु मात्र होइन यसको उत्पती, यसको महत्वदेखि बनाउने तरिका समेत जानियो भने मात्र पारङ्गत र साँगीतिक मुलधारमा ल्याउन सकिने रहेछ” तेरथुमकी सहभागी समीक्षा थेगुवाले बताइन ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका प्राज्ञ तथा संगीत बिभाग प्रमुख अशोक राइज्युको प्रतक्क्ष निगरानिमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख प्रशिक्षक यासेली योङहाङ र प्रशिक्षकमा वरदान संगीतालयका प्रमुख बुद्ध लिम्बु इङ्वा रहेका थिए ।

कार्यक्रममा घटिका थेबे, समिक्षा लिम्बू,जुनु तुम्बापो, सुम्जिरी तुम्बापो, देबुबहादुर सावा, प्रभा मेयोङवा, उदय नेम्वाङ, केबि किराँती, कर्म चन्द्र नेम्बाङ, मन्दिरा मेयोङ्वा, महेश सेलिङ, मिराक हाङ लिम्बू, महेन्द्र कुमार तुम्बापो, चन्द्र प्रकाश तुम्बापो, सेसेमा सुहाङ, तारा लिङ्देन, सम्झना योङहाङ, सुखराज लिम्बू, ज्योति बेघा, सुरेन्द्र सुहाङ, बिरेन्द्र लिम्बू माबो, लाजोहाङ लिम्बूले प्रशिक्षण लिनु भएको थियो ।

समापन कार्यक्रमा बोल्दै धेरै ब्यक्तित्वहरुले हाम्रा नेपाली मौलिक र सास्कृतिक पहिचानहरु अक्षुर्ण राख्न कुनै पनि निकायबाट यस्ता कार्यक्रमहरुको निरन्तरता भईरहनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *