Friday, November 20

‘फेस अफ स्मार्ट किड्स २०२२’ र ‘बेस्ट मोडल अफ दी ईयर २०२२” सम्पन्न

काठमाण्डौं, फाल्गुन ३० 
ग्यलेक्सी दैनिक

युथ कृयसन नेपालद्धारा आयोजित ‘फेस अफ स्मार्ट किड्स २०२२’ र ‘मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दी ईयर २०२२” को ग्राण्ड फिनाले राजधानीमा एक कार्यक्रमका बीच भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।

पूर्व राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्य्रमममा ‘बेस्ट मोडल अफ दी ईयर २०२२’ को शिर्ष उपाधी ममता माझिले हात पार्न सफल भईन भने ‘फेस अफ स्मार्ट किड्स २०२२’ तर्फ अलास्का थापा र रयान अर्यालले बिजेता बन्दै शिर्ष उपाधी हात पारे । सोही प्रतियोगितामा तेजस्वी सुबेदी र युवान दाहाल फर्स्ट रनरअप घोषित भएका थिए ।

अन्तराष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिईओ रबि लामा तामाङले जनाए ।

कार्यक्रममा मुख्य अतिथि निर्नायकको भूमिकामा भने निलम पौडेल र धीरज तण्डुकार, डान्स डाइरेक्टर राधा थोकर, अफिसियल ब्युटिसियन अन्जना थापा, अफिसियल फोटोग्राफर कुबेर तमाङ, मिडिया कोर्डिनेटर सुमन कुमार श्रेष्ठ लगायत थिए भने सम्पूर्ण सहयोगी हातहरु तथा अफिसियलहरुलाई प्रमुख अतिथि पूर्व राज्यमन्त्री रामवीर मानन्धरको बाहुलीबाट कदर पत्र, प्रमाण पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *