Friday, November 20

बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर

मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २८ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ९६ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९३ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२० पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९५ पैसा तोकिएको छ

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २१ पैसा तोकिएको छ ।

mm.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *