बलिउड अभिनेता सलमान खानको चर्चित फिल्म ‘बजरंगी भाइजान’ सिक्वेल बन्ने भएको छ । सलमान र अभिनेत्री करीना कपूरको मूख्य अभिनय रहेको फिल्म ‘बजरंगी भाइजान’ ले दर्शकको मन निकै जितेको थियो ।
यो फिल्म बलिउडकै उत्कृष्ट फिल्म मानिन्छ । कबीर खान निर्देशन गरेको यस फिल्म निर्माण भएको ६ बर्ष पूरा भइसकेको छ । फिल्म ६ बर्ष पूरा भएको अवसरमा सिक्वेल बनाउने बारे बताइएको हो ।
भारतिय मिडियाका अनुसार अहिले यस फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्म ‘बजरंगी भाइजान २’ मा पनि पुराना कलाकार दोहरीन सक्ने बताइएको छ ।
‘बजरंगी भाइजान’ फिल्ममा सलमान, करिना, हर्षाली मल्होत्रा, नवाजुद्दीन सिद्धिकी लगायतका कलाकारको अभिनय रहेको थियो ।
