Friday, November 20

बाल गायिका सफलताले हात पारिन अवार्ड

काठमाण्डौँ, पौष २८ 
ग्यालेक्सी दैनिक
विश्व कीर्तिमानी गायक तथा संगीतकार सन्तोष श्रेष्ठकी ११ वर्षीया छोरी सफलता श्रेष्ठको स्वर रहेको ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीतले अवार्ड जित्न सफल भएको छ ।

मंगलबार राजधानीमा सम्पन्न विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा ‘दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०७८’ अवार्ड आफ्नो पक्षमा पार्न बाल गायिका सफलता श्रेष्ठ सफल भएकी हुन् ।

सन्तोष श्रेष्ठको शब्द सृजना र संगीत रहेको ‘म हुँ नेपाली’ सफलताको स्वर रहेको गीत केही समय पहिले सार्वजनिक भएको थियो ।

‘म हुँ नेपाली’ सफलता श्रेष्ठको पहिलो गीत हो भने सो गीतको भिडियोमा उनको अभिनय समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *