Friday, November 20

‘बुहारी चहियो घर’को ट्रिजर सार्वजनिक

काठमाण्डौ, फागुन ३
ग्यालेक्सी दैनिक
‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियोको ट्रिजर ओएस्आर डिजिटलबाट सार्वजनिक भएको छ ।

केही दिनअघि काठमाण्डौको चोभारमा छांयाकन सम्पन्न भएको म्युजिक भिडियोको आज ट्रिजर सार्वजनिक गरिएको हो ।

नेपाली मनोरञ्जन क्षेत्रमा कमै मात्र म्युजिक भिडियोको ट्रिजर सार्वजानिक हुने गरेका छन जसमध्य आज सर्वजनिक भएको ट्रिजर पनि एक हो ।

निकै मिहिनेत गरेर आफुहरुले यो भिडियो सार्वजनिक गर्न लागेको र सम्पूर्ण टिमले नै भिडियोमा गरेको मिहिनेतका लागि आफुले हृदयदेखी नै धन्यवाद व्यक्त गर्न खोजेको कुरा लिड मेल आर्टिष्ट जयन्द्र साउदले बताए ।

इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोको सम्पूर्ण कार्य सकिएर ट्रिजर रिलिज भईसक्यो, अब यही फागुनको ५ गते सांझ ५ बजे ओएस्आर डिजिटलबाट सार्वजनिक गरिने कुरा भिडियो निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले जानकारी गराए ।

भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, चर्चित बाल कलाकार आयुसी ढकाल, जेबिश जेनिस श्रेष्ठ, आदित्य भण्डारीको मुख्य अभिनय रहेको छ ।

भुपेन्द्र सिंह र रेखा जोशीको आवाजमा सजिएको उक्त गीतमा स्वयम गायक सिंहको शब्द तथा जीवन बडुको संगीत रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सिनेम्याटोग्राफर निरज कंडेल तथा टिमको छांयाकन, निराजन के.सि.को सम्पादन, सौगात धितालको ड्रोन अपरेटिङ, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको मेकअप रहेको छ ।

भिडियो छिट्टै नै ओएस आर डिजिटल बाट सार्वजनिक हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *