Friday, November 20

मर्मस्पर्शी तीज गीत ‘बरि लै’ सावर्जनिक

काठमाडौं, साउन २८
ग्यालेक्सी दैनिक
नारी पर्व तिज नजिकिँदै गर्दा तिज गीतको भिडियो सार्वजनिक हुने क्रम जारी छ ।

यसै क्रममा राजु परियार, सरस्वती उप्रेती, हिरा सुनार, मुना मगरको स्वरमा ‘बरि लै’ बोलको मर्मस्पर्शी तिज गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा राजु परियारको संगीत, राजु सापकोटाको शब्द, नारायण दङ्गालको एरेञ्ज रहेको छ ।

मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोमा राजु सापकोटा, निहारिका थापा, लक्ष्मण बस्नेत, सिर्जना किराती, लिलाराम बानिया, रुपेश श्रेष्ठ, दिक्षा घिमिरे, रुपा तिमल्सिना, सुमन श्रेष्ठ फिर्चरिङ्ग छन ।

ओएस्आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सन्तोष तिमल्सिनाले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *