मानिसलाई ईँटा भट्टामा हालेर पोलेको आरोप लागेका पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दाको पेशी सरेको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमविरुद्धको मुद्दाको पेशीमा चढेको थियो तर सुनुवाइ नभइ स्थगित भएको छ ।
आलमको तर्फबाट बहस गर्ने कानुन व्यवसायी बिरामी परेका कारण आज तोकिएको पेशी सारिएको हो । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको उनीमाथि आरोप रहेको छ ।
उनलाई २०७६ असोज २६ गते पक्राउ गरिएको थियो । उनी रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद पनि हुन् ।
