Friday, November 20

मौलिक लोकबाजा प्रशिक्षण सुरु

सर्लाही, माघ २७ 
ग्यालेक्सी दैनिक
मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु भएको छ ।

दशदिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाबाट प्रशिक्षार्थीहरुको सहभागी रहने छ ।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजाबन्ने,बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पश्चिमी संगीत प्रारम्भिक ज्ञान, मेट्रोनममा बाध्यबादन अभ्यास सुरुवात, बाजानुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरतालबोल स्वरलिपिमा लेखन अभ्यास गराइने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीत बिभाग प्रमुख प्राज्ञ अशोक कुमार राईले उद्घाटन कार्यक्रममा जानकारी गराउनु भयो ।

यस भन्दा पहिले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण दुई हप्ते कार्यक्रम सम्पन्न गरिसकेको छ ।

काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्तामा सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *