काठमाडौं, असार १५
ग्यालेक्सी दैनिक
‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका दर्जनौ लोकप्रिय गीतका गायक रोशन गुरुङ लामो समय पछि आफ्ना दर्शक, श्रोताहरुका लागि सांगीतिक कोसेली ‘सही हो नी कान्छी’ लिएर आएका छन् ।
गीतमा शब्द कुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्ज चन्द्र गोर्खालीको रहेको छ ।
बाबु जिम्बाको निर्देशनमा तयार पारीएको भिडियोमा छायांकन हरी गोले लामा रहेको छ ।
पुर्वि नेपालको सुन्दर नगरी ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ ।
सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
जहाँ रहेपनि नेपाली सांगीतिक क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने सोचका गायक रोशन गुरुङले बिगतमा चारवटा शोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।
