Friday, November 20

लेखराज गिरीको ‘नुनको भारी’को पोस्टर सार्वजनिक

काठमाण्डौँ, माघ १४ 
ग्यालेक्सी दैनिक
लेखराज गिरीको ‘नुनको भारी’ नामक भिडियोको पोस्टर सार्बजनिक गरिएको छ। उक्त गीतमा दुर्गमको बास्तबिकता चित्रण गरिएको अनुमान गर्न सकिन्छ।

समिक्षा फिल्मको ब्यानरमा निर्माण भएको भिडियो बनाउन सात लाख रुपैयाँ खर्च भएको कम्पनीका अध्यक्ष अर्जुन डोटलले जानकारी दिएका छन् ।

बादल थापा मगरको लय र स्वर रहेको गीतको भिडियो यहि माघ २१ गते सार्बजनिक गरिने बताइएको छ ।

भिडियोमा कलाकार लक्ष्मण देबकोटा र सरस्वती खत्रीको साथै बसन्त उदास, रुपचन्द्र बुढा, प्रकाश पहाडी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

बिनयराज पौडेलको निर्देशनमा डोल्पामा छायांकन गरिएको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले खिचेका हुन् ।

अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियोलाई पदम सुबेदिले सम्पादन गरेका छन् भने रङ संयोजन मिलन बिश्वकर्माले गरेका छ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *