काठमाडौँ, साउन २४
ग्यालेक्सी दैनिक
नेपाली महिलाहरुको महानपर्व तिज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तिज गीतहरु सार्वजनिक हुने क्रम जारी छ ।
सांगीतिक माहौल पनि तीजमय बनेको छ यतिबेला । यसै मेसोमा जया देवकोटा र रेजिना परियारको स्वरमा ‘अमेरिका मेरो बुढा छ’ बोलको रोमान्टिक तिज गीतको भिडियो सार्वजनिक भएको छ ।
बिपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज, मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियोमा लोकप्रिय कलाकार शंकर बिसि र उषा सुवेदीको अभिनय रहेको छ भने निर्देशन मदन खड्काले गरेका हुन् ।
