काठमाण्डौँ, असार २६
ग्यालेक्सी दैनिक
नेपाली समाजमा कन्यालाई दिइने गुन्यु चोलीको विशेष महत्व छ । हालका वर्षहरुमा त यो संस्कार समाजमा पहिला भन्दा अझ बढेको पाइन्छ । आ–आफ्नो गच्छ्य अनुसार के गरीव के धनी सवैले यो संस्कारलाई अपनायका छन् । विशेषत वाहुन, क्षेत्री, नेवार र गुरुङ्ग समुदायमा यो चलन वढि भए पनि अन्य जात जातीका मानिसहरुले पनि विस्तार, विस्तार यसलाई स्किारेका छन् ।\
कन्याहरुलाई गुन्यू चोली कुनै धार्मिक कार्यका विच दिने चलन छ । धेरैले भने कन्यालाई चोखो वनाइ घरमै मन्त्र उच्चारणद्धारा गुन्यू चोलीव्दारा दुलही झै सिर्गाने र विभिन्न देवि देवताको मन्दिरहरुमा लगेर ढोगाउने गर्छन । यसका लागी धार्मिक कार्य जस्तैः सत्यनारायणको पूजा, विवाह, रुद्री लगाएको मौका पार्नु बढि उपयुक्त मानिन्छ । महिलाका सौभाग्य समानहरु जस्तैः चुरा, धागो एवं सोह्र श्रृंङ्गारव्दारा कन्यालाई उक्त बेला दुलहि झै सिंगार्ने गरिन्छ ।
गुन्यू चोलीका लागी कन्या उमेरको हकमा वैज्ञानिक व्याख्या कतै नभेटिए पनि मूलत ७ देखि १३ वर्षसम्मका कन्याहरुलाई गुन्यू चोली दिने उपयुक्त समय मानिन्छ । टेलिभिजन कार्यक्रम प्रस्तोता तथा कलाकार श्रेया शिवाकोटी खरेल नेपाल आएको मौका पारेर हालै होटल रोयल सिङ्गी, कमलादीमा भब्य कार्यक्रमको आयोना गरी आफ्नी छोरी तपस्या खरेलको गुन्यु चोली दिने शुभ कार्य सम्पन्न गरेकी छन् ।
लामो समय देखि स्कटल्याण्ड बस्दै आएका तेज नारायण खरेल र श्रेया शिवाकोटी खरेलकी सुपुत्री तपस्या खरेलको गुन्यु चोली कार्यक्रममा शुभ आशिर्वाद दिन पर्यटन मन्त्री जीवन राम श्रेष्ठ, नेता सिपि मैनाली, नेपाली चलचित्रका महा नायक राजेश हमाल, चर्चित गायक दुर्गेश थापा, ईश्वर सिंह, थानेश्वर गौतम, देविघर्ति मगर, मिलन नेवार लगायतका कलाकर्मीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
