Friday, November 20

सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वरमा ‘आँखा झिमिक्क’ सार्वजनिक

काठमाण्डौ, फागुन १४ 
ग्यालेक्सी दैनिक
‘आँखा झिमिक्क’ पारेर बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार सुरेन्द्र महर्जन’अमर’को रचना, संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो राजधानीमा एक प्रेस सम्मेलन कार्यक्रमा गरि जानकारी गराईएको थियो .

कार्यक्रममा रचनाकार, निर्देशक, संगीतकार र भिडियोमा अभिनय गरेका कलाकारहरू लगायत भिडियोमा आवद्ध सबैसँग गीत र भिडियोको बारेमा जानकारी गराइयो ।

सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको उक्त भिडियोले सबैको मन जित्ने देखिन्छ ।

भिडियोमा हरिश निरौला(कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) आयुषा कटुवाल लगायतको मन छुने अभिनय देख्न सकिन्छ ।

सुलभ घिमिरेद्वारा एरेन्ज गरिएको उक्त गीत ए-वान स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

म्युजिक भिडियोलाई सुरेश थापा’दर्शने ले निर्देशन गरेको हुन ।

ओएसनेपालको आयोजनामा आयोजित कार्यक्रममा विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दिनेश थानीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *