Friday, November 20

‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को पहिलो चरणको अडिसन सम्पन्न

काठमाण्डौं, माघ ९ 
ग्यालेक्सी दैनिक
‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को पहिलो चरणको अडिसन सम्पन्न भएको छ ।

स्टुडियो कुबेर मुख्य आयोजना तथा पेजेन्ट नेपालको सहकार्यमा हुन लागेको उक्त फेशन शोको ८ गते शनिवार टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार, काठमाण्डौंमा अडिसन भएको थियो ।

कार्यक्रममा मुख्य निर्णयकका रुपमा गीतकार, लेखक तथा समाजसेवी रोशन भट्टराई, वरिष्ठ फेशन कोरियोग्राफर तथा कार्यक्रम सञ्चालक रोजिन शाक्य तथा पेजेन्ट नेपालका अध्यक्ष तथा सञ्चारकर्मी राज लुईटेल रहनु भएको थियो ।

अडिसनमा भाग लिएका प्रतिस्पर्धीहरुलाई हाईट, क्याट्वाक, बोलीचाली, बडी ल्यान्वेज, प्रस्तुति लगायत विभिन्न कुरा हेरेर छानिने निर्णय गरिएको कोरियोग्राफर रोजिन शाक्यले बताउनु भयो । साथै सहभागीता जनाएका मध्य टप १६ लाई ग्राण्ड फिनालेमा विभिन्न पहिरनमा उतारिने कुरा पेजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले बताउनु भयो । अहिलेको समयमा फेशन सेन्स लगायत मान्छेको व्यक्तित्वमा ठुलै असर पार्ने र हरेकमा फेशन सेन्स हुनुपर्छ र यस्तो खालको कार्यक्रमले सबैलाई फेशन नलेज दिने कुरा गीतकार तथा समाजसेवी रोशन भट्टराईले बताउनुभयो ।

पहिलो चरणको अडिसनमा विभिन्न कारणले अडिसन दिन छुटेकाहरुलाई अर्को चरणको अडिसनमा सहभागी गराइने कुरा आयोजक टिमले बताए ।

अहिलेको विषम परिस्थितिका कारण समय अनुकुल हेरेर कार्यक्रमको ग्राण्ड फिनाले केही महिनापछी गरिने र अहिले भने विशेष स्वास्थ्य मापदण्ड अपनाई ट्रेनिङ हुने आयोजक टिमले बताए ।

अहिलेसम्म गरिएका फेशन शो भन्दा केही फरक र दमदार प्रस्तुति सहित हामी मार्केटमा आउन लागेको कुरा आयोजक टिमले स्टुडियो कुबेरका चेयरपर्सन कुबेर तमाङ्गले बताए ।

तस्वीर: कृष्ण प्रजापती

Leave a Reply

Your email address will not be published. Required fields are marked *