गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा डेनमार्कले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा डेनमार्कले वेल्सलाई ४-० गोलले पराजित गरेको हो ।
जितसँगै डेनमार्क युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको २७ औं मिनेटमा डेनमार्कका डोलबर्गले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए ।
त्यसपछि डेनमार्कका दुई खेलाडीले गोल गरी टिमलाई जित दिलाए । जितसँगै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा आइतबार चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।
