Friday, November 20

सोमबारदेखि बैंकका सबै शाखा पूर्ण रुपमा सञ्चालन हुने

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा खुकुलो बनाउने बताइएसँगै बैंकहरुको सबै शाखामा कारोबार खुला गरिने भएको छ ।

यही असार ७ गते सोमबारबाट बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने बैंकर्स संघले जनाएको छ ।सरकारले पछिल्लो पटक थपेको निषेधाज्ञा यही असार ७ गतेसम्म रहेको छ ।

त्यसपछि निषेधाज्ञा खुकुलो पार्ने सरकारको तयारीसँगै संघले पनि बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *