Friday, November 20

फिफा विश्वकप छनोट : नेपाल पराजित

गए राति फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो । 

उक्त खेलको २३ औं मिनेटमा जोर्डनका फैसनले पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाए। त्यसपछि खेलको ४८ मिनेटमा फैसनले नै अर्को गोल गरे । त्यसपछि खेलको ६७ मिनेटमा जोर्डनका अबोउ अल अरबले गोल गरे । 
 
समूह बी ६ अंक जोड्दै चौथो स्थानमा रहेको नेपालले अब एक खेल खेल्न बाकीँ छ । अब नेपालले अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *