Friday, November 20

भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६० हजार ८ सय संक्रमित

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।  

भारतमा पछिल्लो २४ घण्टामा १ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८५ हजार १६७ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा ६० हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९८ लाख २२ हजार ७६४ जना पुगेको छ । हालसम्म २ करोड ८६ लाख ७० हजार ८ सय ७९ कोरोना संक्रमित निको भइसकेका छन् । 

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *