Friday, November 20

आजदेखि खुल्यो आन्तरिक हवाई उडान, दैनिक ६४ उडान हुने

कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान आजदेखि सञ्चालनमा आएको छ । आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो । 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नको लागि तालिका बनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा कोरोना संक्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञाअघि सञ्चालन गरेको उडान संख्याको आधार संख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ । 

बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन÷तीन उडान स्वीकृति दिइएको जनाइउको छ । 

यस्तै विमानस्थलले कारोना महामारीको जोखिमलाई ध्यान दिदै यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा पालना गराउनेछ ।आन्तरिक उडानका अग्रणी वायुसेवा प्र्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायतले जनस्वास्थ्यको मापदण्ड पालना गराएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *