Friday, November 20

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।  

बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *