Friday, November 20

मोहम्मद आफताव आलमविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

 मानिसलाई ईँटा भट्टामा हालेर पोलेको आरोप लागेका पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दाको पेशी सरेको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमविरुद्धको मुद्दाको पेशीमा चढेको थियो तर सुनुवाइ नभइ स्थगित भएको छ । 

आलमको तर्फबाट बहस गर्ने कानुन व्यवसायी बिरामी परेका कारण आज तोकिएको पेशी सारिएको हो । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको उनीमाथि आरोप रहेको छ । 

उनलाई २०७६ असोज २६ गते पक्राउ गरिएको थियो । उनी  रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *