काठमाण्डौ, पुष १२
ग्यालेक्सी दैनिक
वरिष्ठ गायक राम कुमार साय्मिको जित:योम्ह मय्जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आइतवार रेडियो मिरमिरे ८९.४ मेगाहर्जमा मंका स: नामक नेपालभाषाको कार्यक्रममा विमोचन सम्पन्न भएको छ।
उक्त गीतमा संगीत संयोजन वरिष्ठ संगीतकार जिवीत जल्मीले गरेका छन् भने लय स्वयं वरिष्ठ गायक राम कुमार साय्मिकै रहेको छ । भने संगीत व्यवस्थापन वरिष्ठ रेकर्डीष्ट शिव शाहीको रहेको छ भने यस गीतको रचना वरिष्ठ रचनाकार पुष्पराज श्रेष्ठ ज्युले गर्नुभएको हो। उक्त गीतमा गितार वादनमा मूल भूमिका वरिष्ठ गितारवादक माइकल शाहीले गरेका हुन् ।
जसमा ताल वादनमा इन्द्रमान महर्जनले साथ दिएका छन् । गायक रचनाकार रेकर्डिष्ट एवं संगीतकारले उक्त पछिल्लो समयको सबैभन्दा उत्कृष्ट रहेको बताए । गायक साय्मिका अनुसार उक्त गीत ख्याल ख्यालैमा रमाइला पनमा उक्त गीतको शब्द वरिष्ठ रचनाकार पुष्पराज श्रेष्ठले तयार पारेका हुन् ।
रचनाकार श्रेष्ठका अनुसार उक्त हालसम्मको उत्कृष्ट गीत रहेको समेत बताए जसमा गायक साय्मि ज्युले जुन हिसाबले गायन गर्नुभयो पछिल्लो समयको सबैभन्दा उत्कृष्ट गायन समेत रहेको बताए ।
यसैगरी वरिष्ठ गितारवादक माइकल शाहिको अन्तर्वार्ताका क्रममा अन्य नव गायक संग भन्दा उनीसंग काम गर्दा अझ सजिलो भएको बताए । यसैगरी संगीतकार एवम् रेकर्डिष्ट शिव शाहीका अनुसार पछिल्लो समयमा जतिसुकै गीतहरू आएका छन सबैभन्दा यो नै उत्कृष्ट गीत रहेको बताए ।
यसैगरी वरिष्ठ संगीतकार जिवीत जल्मीका अनुसार हालसम्म गरेका गीत मध्ये यो नै सबैभन्दा राम्रो गीत रहेको भनाइ छ र चाँडोभन्दा चाँडो म्युजिक भिडियो तयार हुने समेत गायक साय्मिले बताए । इन्द्रमान महर्जन
