काठमाण्डौं, माघ १०
ग्यालेक्सी दैनिक
नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा युवा साहित्यकार भिष्मराज फुलारा मनोनित हुनु भएको छ ।
संघका अध्यक्ष तीर्थ थापाले उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गर्नु भएको हो । युवा साहित्यकार तथा गीतकार भिष्मराज फुलाराको ‘कस्तो भाइरस आयो’, ‘जुनसरी बिलाई गयौं’,‘हमेशा यो शहरको डेरामा’, ‘भाग्य भित्र जीवन खोज्दै’ को अडियो तथा भिडियो श्रोतादर्शक माझ आइसकेको छ भने ‘आँसु पिउदै’ को भिडियो र ‘ वासुदा’नामक कृति सार्वजनिक हुने क्रममा रहेको छ ।
फुलाराका सार्वजनिक कृति मध्ये उपन्यास ‘टुहुरो कुण्डली’ र यसको अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ धेरै पाठकले रुचाएको कृति हो ।
फुलारा लिटरेचर फाउण्डेसन नेपालका अध्यक्ष समेत रहनु भएका फुलारा ‘यतिवेला विश्व नै कोरोना कहरमा छ ।
हामी कहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागि भन्दै स्मार्ट लकडाउन र यातायातमा जोरबिजोर लागु भैसकेकोले यसबाट दैनिक जनजीवनलाई कष्टकर बनाउने भएकोमा साहित्यकार तथा गीतकार फुलाराले चिन्ता ब्यक्त गर्नुभयो ।
