Friday, November 20

लाखेमा स्टारको भिड

काठमाण्डौं, माघ २० 
ग्यालेक्सी दैनिक
कोइला भित्रको हिरा, चलचित्र जगतमा न दिन न रात न निन्द्रा प्यास तर पनि इतिहास कोर्ने आशमा धादिङ जन्म थलो भई काठमाडौलाई कर्मथलो बनाउँदै आएका नायक सञ्जोग राणाको अभिनय साँच्चै नै उत्कृष्ट मानिन्छ ।

धेरै चलचित्रमा अभिनय गरिसकेका सञ्जोग चलचित्रलाई नै जीवन जिउँने आधार हो र बाँकी जीवन चलचित्र क्षेत्रमै बिताउने प्रण गरेका छन् उनले ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिन प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको चलचित्र‘लाखे’मा स्टारहरुको भिड नै छ । कोभिडको महामारिमा पनि चलचित्र निर्माण गर्नु एउटा चुनौती नै हो ।

अस्ट्रेलियामा बसेर नेपाली चलचित्रलाई बिदेशमा प्रदर्शन गरु नेपाल र नेपालीलाई बिश्व सामु चिनाउदै आएका गणेश मल्ल ठकुरी ‘जिएम ठकुरी’ प्रस्तुतकर्ता रहेको चलचित्र ‘लाखे’का निर्माता सिजन अर्याल हुन भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।

सौगात मल्ल, अर्पण थापा, अनुप बिक्रम शाही, सञ्जोग राणा, आर्यन अघिकारी, रोहित रुम्बा, बर्षा राउत प्रशान्त ताम्राकार, सुशील सिटौलाको अभिनय रहने छ ।

सुशान्त प्रजापतिको छायांकन, सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र‘लाखे’ बलिउड चलचित्रसंग प्रतिस्पर्धात्मक रहने निर्माण पक्षको दाबी छ ।

नेपाली चलचित्रलाई अस्ट्रेलियामा प्रदर्शन गर्दै आईरहेका गणेश मल्ल ठकुरी भन्छन्ः ‘बिदेशमा बसेर पनि नेपाल र नेपालिलाई बिश्व सामु संस्कार र संस्कृतिको पहिचान गराउने दृढ बिश्वास सहित चलचित्र ‘लाखे’ निर्माण गरिरहेका र्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *