Friday, November 20

टिकाको ‘मनका रङ्गहरू’ र ‘सन्तानको माया’

काठमाडौं १९ माघ
ग्यालेक्सी दैनिक
गीतकार, साहित्यकार टिका भट्टराई नेपालको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच गीतिसंग्रह ‘मनका रङ्गहरू र ‘सन्तानको माया’गीतको भिडियो सार्वजनिक गरिएको छ ।

विशिष्ट कलाकार लय सङ्ग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिहरूमा प्राज्ञ सभासदस्य सुभद्रा भट्टराई अर्याल, पबन राजवंशी, साहित्यकार चन्द्र भण्डारी, हास्य अभिनेता उत्तम केसी नेपाल रहनु भएको थियो ।

कार्यक्रममा प्रमुखअतिथि र अन्य अतिथिहरूले टिकाको कृतित्व र व्यक्तित्वका वारेमा प्रकाश पार्दै स्रष्टा भट्टराईलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभापतिको आसनबाट आफ्ना मन्तव्य राख्दै उपस्थित सवैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा प्रमुखअतिथि, विशिष्ट अतिथि तथा कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *