काठमाण्डौं, फाल्गुन ३०
ग्यलेक्सी दैनिक
चल्तिका संगीतकार राजेन्द्र बजगाईंको शब्द, संगीतमा फागुपुर्णिको अवसर पारेर ‘खेलौ होली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा स्वयम गायक राजेन्द्र बजगाईँ, सुजाता के सि र सविन सुबेदीको स्वर समावेश रहेको छ ।
भिडियोमा श्रीदेव भट्टराई, युनिसा वस्नेत, मोनिका श्रेष्ठ, रोयल प्रिन्स सिंहको साथमा संगीतकार बजगाईको पनि अभिनय रहेको छ ।
समय सान्दर्भिक भिडियोको छायांकन विकास ज्ञवाली, निर्माता शुसिल शर्मा, निर्देशन मदन खड्काको रहेको छ ।
