काठमाडौं १५ चैत्र
ग्याल्क्सी दैनिक
भनिन्छ नि गीत र संगीत भनेको मान्छेको मनको भावना पोख्ने ठाँउ हो । एउटा गीतले कथा व्यथा सबै बोकेको हुन्छ । यस्तै कथा व्यथा बोकेको ‘तिमी उता पारी’ बोल रहेको गीत हालै सार्वजनिक भएको छ ।
युवा गायिका क्रिस्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको गीतमा सञ्जय बिक्रम शाहको मिठो शब्द रचना तथा महेश ज्ञवालीको मन छुने संगीत रहेको छ भने संगीत संयोजन शैलेन्द्र बाबु प्रधानको रहेको छ ।
दुई प्रेमिल जोडीको मिलन बिछोडको कथा रहेको भिडियोलाई शसान कँडेलको निर्देशन गरेका छन भने भिडियोमा सायरा कार्की, सन्तोष बस्नेत र बाल कलाकार जिया भुषाल, विनित नेपालको मन छुने अभिनय देख्न सकिन्छ भने खगेश रन्जित, निर्मल नेपाल, समिता बज्राचार्य अतिथी भूमिकामा देखा परेका छन ।
भिडियोमा राज पोखरेलको छाँयाकन तथा बिकास दाहालको सम्पादन रहेको छ ।
भिडियोलाई एमएनएस म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
