Friday, November 20

महिला लघुवित्तले गर्यो टाँडीमा महिलाहरु साक्षरता सम्बन्धि गोष्ठी

चितवन,  जेठ २२ 
ग्यालेक्सी संवाददाता
महिला लघुवित्तको महिलाहरु साक्षरता सम्बन्धि गोष्ठी सञ्चालन गरेको छ । चितवनको टाँडीमा शुक्रबार महिला लधुवित्त वित्तिय संस्था लि.मा वित्तिय साक्षयरता तथा केन्द्र प्रमुख गोष्ठी महिला लधुवित्त वित्तिय संस्था लि.को शाखा कार्यलय टाँडीमा आबद्ध महिलाहरुको वित्तिय शाक्षरता तथा केन्द्र प्रमुखहरुको कार्याशाला गोष्ठी गरेको हो ।
कार्यक्रममा २६ जना केन्द्र प्रमुखहरु सहभागी रहेका थिए भने प्रमुख अथितिका रुपमा रत्न नगरपालीका वर्डा न. १ का वर्डा अध्यक्ष श्री कुल प्रसाद सापकोटा रहेका थिए । उनले महिला सशक्तिकरण तथा गरिबी निवारणमा लघुवित्रले सहयोग पु¥याएको बताए ।
कार्यक्रममा बोल्दै उनले भने,‘ विना धितो कर्जा लगानी गरी स्वारोजगार तथा उद्यमी बन्न प्रोशान भइ नागरीकमा वचत गर्ने बानीको बिकासमा समेत लघु वित्तीत्तले टेवा पुगेको छ।’
वित्तीय संस्थाले कृषि,पशुपालन, ब्यापार तथा ब्यवशाही क्षेत्रमा लगानी गरी महिला सदस्यहरुलाई उद्येमी बनाएको र अझ थप उद्यम शिल बनी युवा शक्ति विदेश जानबाट रोक्न अहम भुमिका खेलेको प्रतिकृया दिएका थिए ।
त्यस्तै कार्यक्रममा वडा न.१ का वडा सदस्य श्री गिरिराज लम्सालले महिला लघुवित्त वित्तीय संस्थाले धेरै महिलाहरुमा उद्यमीशिल बन्न अहम भुमिका खेलेको बताए ।
महिला लघु वित्त वित्तीय संस्थाले ३३ वटा जिल्लामा ७० वटा शाखा मार्फत करीब ७० हजार महिलाहरुलाई प्रत्येक्ष रुपमा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा,कर्जा सदुपयोगीताको महत्व,सदस्य दोहोरोपनले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाले समाजमा पारेको सकरात्मक तथा नकरात्मक असरहरु,कृषिमा वित्तीय संस्थाको लक्ष्य,वचतको महत्व लगायतका बारेमा महत्वपुर्ण भुमिका खेलेको वित्तीय संस्थाका अनुगमन तथा निरीक्षण विभागीय प्रमुख श्री बुद्धिसागर न्यौपानेले बताए । उनले अबका दिनमा थप भुमिका निर्वाह गर्नेमा आफुहरु विस्वस्त रहेको बताउदै यो योजना थप प्रभावकारी बनाउने जानकारी गराएका थिए ।

महिला लघु वित्तीतको शाखा कार्यालय टाँडीमा मात्र ११८२ सदस्यहरुलाइ प्रतयक्षेरुपमा वित्तीय सेवा पु¥याइ रहेको प्रतिकृया साथै केन्द्र प्रमुखको काम,कर्तब्य र अधिकार,केन्द्रको दाहित्व सामुहिक जिम्मेवारी जस्ता बिषयमा महिला लघुवित्तका टाँडी शाखाका प्रमुख श्री अशोक दवाडीले जानकारी गराएका थिए । कार्यक्रमको संचालन शाखाका कर्मचारी श्री नविन अधिकारीले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *