काठमाडौं, साउन १६
ग्यालेक्सी दैनिक
‘बर्खे झरी’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा गायक निशान भट्टराई र गायीका रानु निरौलाको आवाज सुन्न सकिन्छ ।
किरण भण्डारीको शव्द, संगीत तथा संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गरेका हुन् ।
गौरव गिरीले निर्दशन गरेको म्युजिक भिडीयोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाईगरको अभिनय देख्न सकिन्छ ।
म्युजिक भिडियोमा बसन्त कुँवरको छायाँकन,बलभद्र कुवँरको सम्पादन र सरस्वती श्रेष्ठको मेकअप समाबेस रहेको छ ।
म्युजिक भिडीयोलाई सदिक्षा फिल्म्स अफिसियलबाट सार्वजनिक गरिएको हो ।
