काठमाडौं, साउन २८
ग्यालेक्सी दैनिक
नारी पर्व नजिकिदै गर्दा एकपछि अर्को तीज गीतको भिडियो सार्वजनिक हुने क्रममा ‘दपर्ण छायाँ हेर त मायाँले’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय गायिका अञ्जु पन्तको सुमधुर स्वर समेटिएको गीतमा नेत्र अर्यालको शब्द, चर्चित युवा संगीतकार राजेन्द्र बजगाईंको संगीत तथा एरेञ्ज र मनोज परियारको मिक्सिङ मास्टरिङ्ग रहेको छ ।
भिडियोमा नायिका उषा खनाल र राविभ जंग वस्नेत लगायतको अभिनय रहेको छ ।
साथै भिडियोमा सौरभ लामाको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ भने निर्देशन तथा कोरियोराफी शिव बिकको रहेको छ ।
भिडियो बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
