Friday, November 20

Author: Galaxy Dainik

नृत्य प्रतिभा प्रस्फुटनको अवसर बन्दै अनलाइन डान्स प्रतियोगिता
मनोरन्जन, समाचार

नृत्य प्रतिभा प्रस्फुटनको अवसर बन्दै अनलाइन डान्स प्रतियोगिता

ललितपुर। बालबालिका तथा किशोरकिशोरीभित्र लुकेर रहेका नृत्य प्रतिभालाई उजागर गर्दै राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित लक्जरी ईभेन्ट एण्ड ईन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित ‘अनलाइन दशैँ तथा तिहार डान्स प्रतियोगिता–सिजन २’ उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। नेपाली कला, संस्कृति र नृत्यप्रतिको आकर्षणलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तामा रहेको सिर्जनात्मक क्षमता, आत्मविश्वास र प्रस्तुतिकला विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको हो। विशेषगरी काठमाडौं उपत्यकाबाहिर रहेका प्रतिभाशाली बालबालिका तथा किशोरकिशोरीलाई समेत समान अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगितालाई पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताप्रति देशभरका बालप्रतिभाको आकर्षण उल्लेख्य देखिएको छ। आयोजकका अनुसार प्रतियोगिताका लागि देशका विभिन्न स्थानबाट ८६० भन्दा बढी नृत्य भिडियो प्राप...
शब्दयात्रा लघुकथा पुरस्कार डा. टीकाराम पोखरेललाई प्रदान गरिने
समाचार, समाज

शब्दयात्रा लघुकथा पुरस्कार डा. टीकाराम पोखरेललाई प्रदान गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार तथा साहित्यकार डा. टीकाराम पोखरेललाई प्रदान गर्ने भएको छ। दोलखाका पोखरेललाई नेपाली साहित्य, विशेषगरी कथा, लघुकथा, निबन्ध, समालोचना तथा हास्यव्यङ्ग्य विधामा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। यस पुरस्कारको अक्षयकोष व्यवस्थापन आफ्ना पितामाता डण्डपाणि र मानकुमारी धितालको स्मृति तथा सम्मानमा लघुकथाकार अम्बिका धिताल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो। पुरस्कार आगामी मङ्सिर महिनामा विशेष कार्यक्रम आयोजना गरी समर्पण गरिने शब्दयात्रा प्रकाशनले जनाएको छ। नेपाली साहित्यका विभिन्न विधामा निरन्तर सक्रिय पोखरेल सिर्जनात्मक लेखनसँगै साहित्यिक अध्ययन, अनुसन्धान र समालोचनामा समेत स्थापित नाम हुनुहुन्छ। कथा, निबन्ध, समालोचना, हास्यव्यङ्ग्य तथा समसामयिक विषयमा कलम चलाउँदै...
गौशालामा खुल्यो ‘ऐश्वर्य बुटिक होटल’ : पशुपतिनाथ नजिकै आधुनिक आतिथ्यको नयाँ गन्तव्य
अर्थ/व्यापार, समाचार

गौशालामा खुल्यो ‘ऐश्वर्य बुटिक होटल’ : पशुपतिनाथ नजिकै आधुनिक आतिथ्यको नयाँ गन्तव्य

काठमाडौं । रोजगारी र अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेश पलायन भइरहेका बेला नेपालमै सम्भावना खोज्दै उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित युवाहरूको सामूहिक लगानीमा काठमाडौंमा ‘ऐश्वर्य बुटिक होटल’ सञ्चालनमा आएको छ। विदेशमा होइन, आफ्नै देशमा केही गर्नुपर्छ र नेपालमै उद्यम तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्ने सोचबाट करिब तीन वर्षअघि स्थापना भएको ऐश्वर्य इन्भेस्टमेन्ट ग्रुपले आफ्नो पहिलो परियोजनाका रूपमा काठमाडौंको गौशाला, पिङ्गलस्थानमा ऐश्वर्य बुटिक होटल सञ्चालनमा ल्याएको हो। करिब ४५ वटा सुविधासम्पन्न कोठा रहेको होटल आधुनिक संरचना, आकर्षक कोठाको सजावट, सहज वातावरण र स्तरीय आतिथ्य सेवाका कारण स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ। विशेषगरी विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...
मोडलिङ, सञ्चारकर्म र अभिनयमा सक्रिय सम्पदा अमगाईं नयाँ गीत ‘आँखामा बसेको मान्छे’  मा
अर्थ/व्यापार, समाचार

मोडलिङ, सञ्चारकर्म र अभिनयमा सक्रिय सम्पदा अमगाईं नयाँ गीत ‘आँखामा बसेको मान्छे’ मा

थानेश्वर गौतमको स्वरमा सार्वजनिक प्रेम र बिछोडको कथामा आधारित गीतमा सम्पदा अमगाईर सुरेश कोहलीको भावुक अभिनय गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ। प्रेम, विश्वास र बिछोडको पीडालाई समेटिएको गीतको भिडियोमा मोडल तथा अभिनेत्री सम्पदा अम्गाईं र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा विशेषगरी सम्पदाको संवेदनशील अभिनयले दर्शकको ध्यान आकर्षित गरेको छ। बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित सम्पदा अम्गाईं मोडलिङ, अभिनय, नृत्य र सञ्चार क्षेत्रमा सक्रिय छिन्। उनी एक प्रतिष्ठित संस्थामा व्यवस्थापकका रूपमा समेत कार्यरत छिन्। व्यावसायिक जिम्मेवारीसँगै कला र सञ्चार क्षेत्रलाई पनि निरन्तरता दिँदै आएकी सम्पदाले आफ्नो प्रतिभा र मेहनतका कारण छुट्टै पहिचान बनाउँदै लगेकी छन्। सौन्दर्य प्रतियोगितामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेकी सम्पदा ‘मिस ब्युटिफुल ने...
क्यानडामा विभिन्न क्षेत्रका ११ व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड ‘
मनोरन्जन, विशेष, समाचार

क्यानडामा विभिन्न क्षेत्रका ११ व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड ‘

टोरन्टो (क्यानडा), कात्तिक १५ गते। क्यानडामा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड क्यानडा २०२६’ प्रदान गरिएको छ। सिजन मिडिया प्रालि नेपालको आयोजनामा आइतबार क्यानडाको मिसिसागास्थित हक्का खजानामा आयोजित समारोहमा विभिन्न क्षेत्रका ११ जना व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको गरिएको हो। पत्रकारिता, अध्यागमन कानुन, शिक्षा, उद्यमशीलता, वित्तीय व्यवस्थापन, रियल इस्टेट, संगीत, सञ्चार तथा सामुदायिक सेवाका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मानित हुनेमा खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थीलाई नेपाली डायस्पोरा पत्रकारिता, अमेरिकी अध्यागमन कानुन व्यवसायी बासु फुलारालाई अध्यागमन कानुन, अनोखी लाइफ तथा द ओपन चेस्ट कन्फिडेन्स एकेड...
युवराज छन्त्यालको बहुप्रतीक्षित ‘पैसा’ रिलिज, ‘छन्दे’ सहित कलाकारहरूको दमदार अभिनय
मनोरन्जन, समाचार

युवराज छन्त्यालको बहुप्रतीक्षित ‘पैसा’ रिलिज, ‘छन्दे’ सहित कलाकारहरूको दमदार अभिनय

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै निरन्तर सक्रिय रहँदै आएका बहुप्रतिभाशाली गायक तथा सर्जक युवराज छन्त्यालको नयाँ सांगीतिक कोसेली ‘पैसा’ सार्वजनिक भएको छ। बागलुङको माटोमा न्मिएर हाल कतारलाई मुख्य कर्मथलो बनाउँदै आएका छन्त्यालले रोजगारीको सिलसिलामा परदेशमा रहेर पनि नेपाली गीतसंगीतको अन्तर्राष्ट्रिय बजारीकरण र उत्थानमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। थुप्रै राष्ट्रिय अवार्डहरू जितिसकेका छन्त्याल नेपाली लोक तथा दोहोरी क्षेत्रमा एक स्थापित र सशक्त नाम हुन्। विश्वका विभिन्न मुलुकहरूको भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायमाझ आफ्नो मौलिक भाका र कला पस्किसकेका छन्त्यालले नेपाली लोकसंस्कृतिलाई विश्वस्तरमै चिनाउन निरन्तर सेतुको भूमिका निर्वाह गरिरहेका छन्। यसै क्रममा उनले वर्तमान समाजको यथार्थ, मानवीय सम्बन्ध र पैसा वरिपरि घुम्ने जीवनशैलीलाई व...
विवाहित महिलाको आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्दै मिसेस नेपाल वर्ल्डको ग्ल्याम नाइट
मनोरन्जन, समाचार

विवाहित महिलाको आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्दै मिसेस नेपाल वर्ल्डको ग्ल्याम नाइट

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न भएको छ । धापासीस्थित द रामालयमा आयोजित कार्यक्रममा प्रतियोगीहरूले डिजाइनर श्री आभी बुटिकका आकर्षक पहिरनमा र्‍याम्प वाक गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । मिसेस नेपाल वर्ल्ड २०२६ की प्रतियोगी नम्बर ४ ऋचा शर्माले विवाहित महिलाहरूको आत्मविश्वास बढाउन र प्रतिभा प्रदर्शन गर्न प्रतियोगिता राम्रो मञ्च बनेको बताइन् । ललितपुरको धोबीघाटमा बस्दै आएकी शर्माले मिसेस नेपाल वर्ल्डमा सहभागी हुनु आफ्नो सपना रहेको उल्लेख गरिन् । महिलाहरूलाई अगाडि बढ्ने चाहना हुँदाहुँदै पनि विविध कारणले नसक्ने भन्दै उनले प्रयास नगरेसम्म आफ्नो क्षमता र सीमाबारे थाहा नहुने बताइन् । महिलाहरूले आफ्ना इच्छा र बाल्यकालदेखि अधुरा रहेका चाहना पूरा गर्न यस्ता अवसरको उपयोग गर्नुपर्ने उनको भनाइ छ । ‘यो महिलाहरूक...
निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड
अर्थ/व्यापार, समाचार

निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

राष्ट्रिय अनलाइन पत्रकार सङ्घ नोजाले १२ नोजा अनर अवार्डबाट निर्माण व्यवसायी बलिभद्र रानालाई उत्कृष्ट व्यवसायीको रूपमा अवार्ड गरेको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार समेत रहेका राना नेपाल निर्माण व्यवसायी परिषद्का अध्यक्ष हुन्। रानासँगै नोजाले हरेक वर्ष प्रदान गर्ने लाइफटाइम अचिभमेन्ट अवार्ड बाट बैंकिङ एवं सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई प्रदान गरिएको छ। खरेल लामो समय बैंक वित्तमा सेवा गर्नुका साथै बैंकिङ तथा सहकारी विज्ञताका रूपमा परिचित छन् । हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिने ११,११ रुपैयाँ राशिसहितको पत्रकारिता पुरस्कार अन्तर्गत यस वर्ष सामना देवकोटा अमेरिकालाई प्रदान गरिएको छ। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष मुमुन्द ढुंगाना, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सिमापार वाणिज्य संघका मह...
‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता सम्पन्न, स्वस्तिका, प्रसी र सुनिता बने विजेता
मनोरन्जन, समाचार

‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता सम्पन्न, स्वस्तिका, प्रसी र सुनिता बने विजेता

काठमाडौं । बालबालिका तथा महिलाको प्रतिभा, व्यक्तित्व र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिता काठमाडौंको कोटेश्वरस्थित कान्जिरोवा स्कुलको फुटसल ग्राउण्डमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बालबालिका तथा विवाहित र अविवाहित महिला सहित ३२ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगिताले सहभागीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै व्यक्तित्व विकास, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा प्रोत्साहन गरेको आयोजकले जनाएको छ। कार्यक्रममा स्पेन तथा ओमानका लागि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा अस्ट्रेलियाका लागि पूर्वराजदूत महेश ढकाल, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार मनोहरी थापा, कलाकार किरण केसी, राजनीतिज्ञ, समाजसेवी तथा व्यवसायी मुस्कान पौडेल, हिमानी ट्रष्टका प्...
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन
खेलकुद, मनोरन्जन, समाचार

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको ‘स्पोर्ट्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित भव्य रूपमा सम्पन्न भएको छ। 'व्हिस्पर'को प्रस्तुति, 'अर्ना इनर्जी ड्रिंक' पावार्ड बाइ र 'निभिया' सह-प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल गरी ६ वटा विधामा रोमाञ्चक प्रतिस्पर्धा गराइएको थियो। स्पोर्ट्स डेको मुख्य आकर्षण क्रिकेट म्याचमा प्रतिस्पर्धीहरूलाई 'लालीगुराँस' र 'डाँफे' गरी दुई टोलीमा विभाजन गरिएको थियो। प्रतिस्पर्धीहरूको हौसला बढाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका स्टार खेलाडीहरू बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा उत्रिए...