पेचिलो बन्दै गयो संघीयता
डा.डिआर उपाध्याय
नेपालमा यति बेला संघीयता पेचिलो बन्दै गएको छ । संघीयता लागु गर्नु भन्दा अघि यो बिषयमा कहिल्यै छलफल गरिएन । नेपालमा संघीयताको बारेमा कहिल्यै जनतालाई जानकारी गराइएन । जनआन्दोलनमा संघीयताको विषय कहीँ कतै उठेको थिएन ।
संघीयता भनेको नै सबै जनतालाई सशक्त बनाउने, सम्पूर्ण अधिकार प्रदान गर्ने माध्यम हो ।संघियताको अभ्यासमा नेपालमा त्यस्तो देखिएन । अन्तरिम संविधान जारी हुँदा समेत यो बिषय उठेको थिएन । संघीयता नेपालमा एक्कासी घुसाइएको एजेन्डा हो । किनकि निरंकुश राजतन्त्रविरुद्ध २०६३ सालमा आन्दोलन भयो तर संघीयताको बारेमा एक शब्द कहीँकतै उच्चारण भएन ।
आन्दोलन सफल भए पछि देशमा लोकतन्त्र पुनर्वहाली भयो । २०६३ सालमा नेपालको अन्तरिम संविधान जारी भएपछि त्यसबाट असन्तुष्ट भई मधेसमा अकस्मात आन्दोलन भयो । त्यतिबेलाको मधेस आन्दोलनले विशेष गरी पूर्वी तराईका जिल्लामा साम्प्रदायिकता भड्किने...
