Saturday, November 21

Blog

अगष्ट ९ मा सांसद ज्ञानेन्द्र शाहीसंग न्युयोर्कमा “मिट एण्ड ग्रिट” हुदै
राजनीति, समाचार

अगष्ट ९ मा सांसद ज्ञानेन्द्र शाहीसंग न्युयोर्कमा “मिट एण्ड ग्रिट” हुदै

न्युयोर्क, अमेरिका — नेपाली राजनीतिमा युवाशक्ति र राष्ट्रवादी विचारधाराका प्रखर प्रवक्ता मानिनु भएका राप्रपा नेपालका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र शाही अब अमेरिकी भूमिमा नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। आगामी अगस्ट ९, २०२५ (शनिवार) साँझ, न्युयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा एक भव्य “मिट एण्ड ग्रिट” तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। प्रवासी नेपालीको सक्रिय सहभागिता र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनु हुने सांसद शाहीसंगको यो भेटघाट कार्यक्रममा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूले राजनीतिक अवस्था, राष्ट्रियता,...
नम्रता, नीलम र बबीको  ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी(भिडियो)
मनोरन्जन, समाचार

नम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी(भिडियो)

काठमाडौं । नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउनेक्रम जारी छ । संगीतकर्मीहरु तीज गीतलाई बजारमा ल्याउनमा आतुर देखिन्छन् । तीजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिमय देखिन्छ । भड्किलो गीतहरु बजारमा ल्याएर चर्चा कमाउने एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउन हुँदैन भनेर सन्देशमूलक सिर्जना पनि ल्याउने गरेका छन् । यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ । पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तीजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ । गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको संगीत सिर्जना रहेक...
वसन्ती लामा र राज टाइगरको स्वरमा ‘सुनको चुराले’(भिडियो)
मनोरन्जन, समाचार

वसन्ती लामा र राज टाइगरको स्वरमा ‘सुनको चुराले’(भिडियो)

वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा- ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुराले’ जस्ता बोलहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएका छन् । आदित्य बुढाथोकीको निर्देशन राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय र नृत्य रहेको छ । गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै दर्शकहरूको माया पाउन सफल भएको छ ।...
‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’मा ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी
मनोरन्जन, समाचार

‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’मा ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी

कार्यक्रम ललितपुरस्थित ज्यापू प्रतिष्ठानमा सम्पन्न भएको थियो। प्रतियोगितामा निर्णायक मण्डलका सदस्य श्यारोन बज्राचार्य, आशिम सक्सेना र प्रकाश चौहानले सहभागीहरूको प्रतिभा, आत्मप्रस्तुति, प्रस्तुति कला लगायतका पक्षमा आधारित मूल्यांकन गरी विजेता घोषणा गरेका थिए। विजेताहरूको विवरण यस प्रकार छः मुख्य विजेता सिनियर मिस – ऐश्वर्या श्रेष्ठ जुनियर मिस – समाइरा गुरुङ सिनियर मिस्टर – सम्भव शाह जुनियर मिस्टर – संश्रेय तिवारी प्रथम उपविजेता (First Runner-Up) सिनियर गर्ल्स – आराध्या महर्जन जुनियर मिस र मिस्टर – नितीश्री न्यौपाने र संस्कृत चालिसे द्वितीय उपविजेता (Second Runner-Up) सेलिओन कार्की जानवी श्रेष्ठ सहभागी सबै बालबालिकालाई प्रमाणपत्र, पदक तथा गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागिता जनाएक...
गायक कृष्ण भट्टराईको ‘तर्किएर जानेलाई’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक कृष्ण भट्टराईको ‘तर्किएर जानेलाई’सार्वजनिक(भिडियो)

साउन मैनाको दोस्रो हप्ता कटिसक्दा नेपाली सांगीतिक बजार तिजमय भैसकेको छ । हरेक दिन कैयौं तिज कोशेलीहरु सांगीतिक बजारमा अडियो भिडियो सहित दर्शक श्रोतामाझ पस्किन पछिल्लो समय सर्जक गायक गायिका लाई भ्याइनभ्याई छ । यसैक्रममा गायक कृष्ण भट्टराईले पनि आफ्नो तिज कोशेली तर्किएर जानेलाई सार्वजनिक गरेका छ्न् । मन्जु बिक,तुलसा जिसि र कृष्ण भट्टराईको आवाज रहेको यश गीतमा दिपक अधिकारीले शब्द लेखेका हुन भने सन्तोष सुबेदिले लय भरेका छ्न् । राजेन्द्र नेपाली लट्टे,अस्मि गौतम र अनुभव पौडेलको अभिनय रहेको गीतको म्युजिक भिडियो लाई गणेश सापकोटाले खिचेका हुन भने सुवास अम्गाइले सम्पादन गरेका छ्म् । कपिल श्रेष्ठ को निर्देशन मा तयार भएको यश गीत लाई कृष्ण भट्टराई युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा स्वर संगै भिडियोमा पनि भट्टराई फिचर्ड छ्न् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस ।...
‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ अरविन्द्र गौतमलाई प्रदान
समाचार, समाज

‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ अरविन्द्र गौतमलाई प्रदान

बनेपा, काभ्रे — रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न ‘सातौं संस्करण किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा पत्रकार अरविन्द्र गौतमलाई ‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ प्रदान गरिएको छ। कार्यक्रम बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा भव्य रूपमा सम्पन्न भएको हो। सम्मान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले सम्मान गरेका थिए। पत्रकार गौतमलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको हो। काभ्रेपलाञ्चोकको विकट क्षेत्र चौबासबाट आएका गौतम विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। उनले विकृति, विसङ्गति, संस्कृति, कला, राजनीति र जनचासोका विषयमा सत्य तथा खोजमूलक सामग्री प्रस्तुत गर्दै आएका छन्। सामाजिक यथार्थ र सांस्कृतिक विषयमा आधारित डकुमेन्ट्री निर्माणमा समेत उनी सक्रिय छन्। यसअघि पनि उन...
‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एक साथ ४ विजेता छानिए
मनोरन्जन, समाचार

‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एक साथ ४ विजेता छानिए

काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । सातौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै “आजका बालबालिका नै भोलीको देशको नेतृत्व हुन्। यस्ता कार्यक्रमले उनीहरूलाई सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर बनाउन प्रेरणा दिन्छ। यो केवल प्रतियोगिता नभई एक व्यक्तित्व विकासको प्रयोगशाला हो।” जिल्लामा राम्रो उत्कृष्ट कार्यक्रम गर्न अन्तर्राष्ट्रिय मोड...
“‘सपना’मा देखिए महानायक : न्यूयोर्कमा खिचिएको गीतले पायो दर्शकको मन”
भिडीयाे, मनोरन्जन, समाचार

“‘सपना’मा देखिए महानायक : न्यूयोर्कमा खिचिएको गीतले पायो दर्शकको मन”

रेबेल ईभेन्टस् आइ.एन.सि र छेवाङ्ग प्रोजेक्टको प्रस्तुति गायक कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको नयाँ नेपाली गीत सपना सार्वजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा पृथक पहिचान बनाएका यी दुई लोकप्रिय गायकको स्वरमा रहेको यो गीतको म्युजिक भिडियोको छायांकन अमेरिकाको न्युयोर्कमा गरिएको हो । भिडियोमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको दमदार अभिनय देख्न पाइन्छ साथै नागिन केसी पन्तले पनि उत्तिकै प्रभावशाली अभिनय प्रस्तुत गरेकी छन्, जसले गीतको भावनात्मक पक्षलाई अझ जीवन्त बनाएको छ । गीतको संगीत दिलिप समनले गरेका हुन् भने भिडियोको निर्देशन सुरज सिंह ठकुरीले गरेका छन् । उक्त गीतलाई हरि हुमागाई, अन्जय खड्का र विर बहादुर लामिछानेले खिचेका हुन् । निर्देशन, अभिनय, र छायांकनको समिश्रणले यो भिडियो दर्शकहरूमाझ विशेष आकर्षण बनेको छ भने भिडियोले दर्शकहरुबाट राम्रो प्रशंशा बटुलिरहेको छ ।...
संगमको तिज कोशेली ‘नाचम बरिलै’ सार्वजनिक
मनोरन्जन, समाचार

संगमको तिज कोशेली ‘नाचम बरिलै’ सार्वजनिक

सुर्खेत । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज को अवसरमा मौलिक भाका र चेलीे मनोभावनालाई समेटेर सर्जक तथा गितकार प्रेम संगमले ‘नाचम बरिलै’ बोलको अडियो भिडियो सार्वजनिक गरेका छन् । गीत शुक्रबार प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा प्रेम संगम कै शब्द रचना रहेको छ भने लय सिर्जना राजकुुमार बगरको र गीतको संगीत संयोजन रमेश सेन्चुरी गर्नुभएको छ । गितमा रचना रिमालले आफ्नो सुमधुर स्वर दिएकी छिन् । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘नाचम बरिलै’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कर्णाली प्रदेशकै एक कोहिनुर हिरा का रुपमा परिचित बरिष्ठ कलाकार प्रेमदेब गिरी, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान...
पत्रकार बजगाईले पाए राष्ट्रिय रत्न सम्मान–२०८२
समाचार, समाज

पत्रकार बजगाईले पाए राष्ट्रिय रत्न सम्मान–२०८२

अग्रज सञ्चारकर्मी नवराज बजगाईले राष्ट्रिय रत्न सम्मान पाएका छन । शनिबार सामारी इन्टरनेशनल इभेन्टले भक्तपुर बोडेमा आयोजना गरेको भव्य कार्यक्रममा बजगाईलाई अग्रज पत्रकारको रुपमा राष्ट्रिय रत्न सम्मान–२०८२ प्रदान गरिएको हो । कला, साहित्यसँगै सामाजिक सेवा क्षेत्रमा समेत अग्रणी, समर्पित र निःस्वार्थ व्यक्तित्वका रूपमा जिम्मेवार बजगाईले पत्रकारिता, सार्वजनिक सेवा प्रसारण र नेपालको मिडिया परिदृश्यमा सत्य र नैतिक सञ्चारको मूल्यलाई कायम राख्न दुई दशक लामो प्रतिबद्धता सहित जनसञ्चारको रचनात्मक संलग्नता क्षेत्र मार्फत जनमतलाई आकार दिन, नागरिक चेतना जगाउन र लोकतन्त्रलाई सुदृढ पार्न आवाज र कलम मार्फत महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको सामरी इन्टरनेशनल इभेन्टका प्रमुख भरत सामरीले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ लामा तामाङ, इभेन्टका प्रमुख भरत सामरीलगायतले सम्मान गरेका थिए । प्रेस चौ...