Saturday, November 21

Blog

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता
समाचार

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता

सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् । मंगलबार बेलुका गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा कार्यरत ४० जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको प्रारम्भिक खवरहरु आईरहेका छन् । तर, यकिन तथ्याङक कतैबाट पुष्टि हुन सकेको छैन् ।मेलम्ची खाने पानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा प्रभाव परेको छ । मंगलबार साँझदेखि मेलम्चीमा आएको बाढी पहिरोले हेलम्बु गाउँपालिकाको अम्बाथान हुँदै मेलम्चीबजारदेखि तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षत...
सिन्धुपाल्चोकको हेलम्बुमा भीषण बाढी
समाचार, समाज

सिन्धुपाल्चोकको हेलम्बुमा भीषण बाढी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भीषण बाढी आएको छ । इन्द्रवती नदिमा आएको बाढीले बगाएर हेलम्बुका ७ जना बेपत्ता भएका छन् ।  अविरल बर्षासँगै मंगलबार साझँ आएको उक्त बढीले हेलम्बु गाउँपालिकाका नदी छेउमा क्षती पुर्याएको छ । बढीले बगाएर बेपत्ता भएका ७ जना मध्ये ५ जनाको नाम खुलेको प्रहरीले जनाएको छ ।  यस्तै इन्द्रवती नदीको किनारमा  सोही स्थानका एक जनाको शव पनि भेटिएको छ । बाढीले बगाएर ज्यान गुमाएकाको नाम खुल्न सकेको छैन । नदी किनारमा शव भेटिएपछि प्रहरीको टोली त्यसतर्फ गएको जनाइएको छ । ...
वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट
अर्थ/व्यापार, समाचार

वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट

वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु २६ अर्ब एक करोड ६६ लाख २३ हजार र पुँजीगततर्फ रु २९ अर्ब ७० करोड ४३ लाख चार हजार विनियोजन भएको जानकारी दिए । बजेटको अधिकांश हिस्सा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रीत रहेको छ । मन्त्री ढुङ्गेलले प्रदेशका सबै जिल्ला अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार, रोग नियन्त्रण, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्ने तथा भेन्टिलेटर, एचडीयु र आइसियु कक्षको व्यवस्थापन गर्न बजेटले विशेष प्राथमिकता दिएको बताए । उहाँले प्रदेशमा रहेका ३६६ सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्थापन गर्ने तथा कृषिको उत्पादनको व...
विश्वमा १७ करोड कोरोना संक्रमित, १६ करोड संक्रमण मुक्त, ३८ लाखले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

विश्वमा १७ करोड कोरोना संक्रमित, १६ करोड संक्रमण मुक्त, ३८ लाखले ज्यान गुमाए

विश्वभरमा हालसम्म १७ करोड ७३ लाख ८८ हजार ८ सय ७३ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ३८ लाख ३७ हजार ४ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म १६ करोड १८ लाख १८ हजार ३ सय ८२ निको भएका छन् भने १ करोड १७ लाख ३२ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८३ हजार ७ सय २४ जना सिरियस केस रहेका छन्। गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा बढी ब्राजिलमा ८८ हजार ९सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टा मै भारतमा ६२ हजार २ सय २७, अर्जेन्टिनामा २७ हजार २ सय ६०, कोलोम्बियामा २४ हजार ४ सय ५२, रसियामा १४ हजार १ सय ८२ र अमेरिकामा १० हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, वितेका २४ घण्टामै ८ हजार ६ सय ५७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। सबै भन्दा बढी ब्राजिलमा २ हजार ७ सय ६० जनाले ज्यान गु...
समाजसेवी राजेश महर्जनद्वारा २०० परिवारलाई राहत वितरण
राष्ट्र, समाचार, समाज

समाजसेवी राजेश महर्जनद्वारा २०० परिवारलाई राहत वितरण

लाजिम्पाट टोल सुधार समितिका अध्यक्ष,संचार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको चलचित्र जाँच समितिका सदस्य तथा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य राजेश महर्जनले कोरोनाको माहोलले दैनिकी जीवनयापन गर्न पनि कठिन अवस्थामा रहेका बिपन्न वर्गका लगभग २०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।व्यक्तिगत खर्च,साथीभाई र विभिन्न संघसंस्थाको सहकार्यमा सहयोग गरिएको जानकारी महर्जनले दिएका छन् ।विपन्न वर्गका लागि स्वास्थ्य संस्थाका अध्यक्ष रत्न थापा,सामाजिक अभियन्ता निर्मल नकर्मी ,पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठ लगायतले सहयोग गर्नुभएको छ भने राहत वितरण कार्यक्रममा स्वास्थ्यकर्मी सिकृता वस्ती(ढकाल)र हाँस्यकलाकार गोपाल ढकाल छन्देको पनि उपस्थिति रहेको थियो ।सेवा नै धर्म हो र आफू पनि बाँचौँ,अरुलाई पनि बचाऔँ भन्ने सकारात्मक सोचका धनि,समाजसेवी राजेश महर्जनले सहयोग निरन्तर जारी र...
रोगले भन्दा भोकले मरिएलाकी भन्ने चिन्ता !
अर्थ/व्यापार, समाचार

रोगले भन्दा भोकले मरिएलाकी भन्ने चिन्ता !

-डा.डिआर उपाध्याय, यति बेला मुलुक कोरोना भाइरसको फैलँदो संक्रमणको कारण गम्भिर संकटमा छ । देशको अर्थतन्त्र डामाडोल छ । कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्नको लागि पर्याप्त तयारी हुन नसक्दा यो अवस्था सिर्जना भएको हो ।अस्पतालमा बेड नपाएर वरन्डाहरूमा राखेर बिरामीहरूको उपचार गर्नु पर्ने अवस्था उत्पन्न भयो । देशभरका अस्पतालहरू भरिभराउ भए । अक्सिजनको हाहाकार भयो । उपचार नपाएर मृत्यु हुनेहरूको दर बढ्दो छ । कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल गरिरहेको छ। कतिपय ठाउँमा भोकमरी सिर्जना भइसकेका छन्।कुनै पनि नेताहरूले यस्तो महामारीको बेलामा देशमा परेको संकटबाट जनतालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा खासै चासो दिएको देखिएको छैन। यो महामारी र संकटको बेला हो। यो बेला सकारात्मक सोच र जनताको पिर मर्कामा साथ दिने बेला हो ।अहिलेको महामारी नियन्त्रण र रोकथाममा संघीय सरकार देखि स्...
थप २७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थप २७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार १८७ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४४९ पीसीआर परीक्षण गर्दा १ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ८४१ परीक्षण गर्दा १ हजार ६४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६३ हजार २५७ जना आइसोलेसनमा रहेका छन् ।...
बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा
समाचार

बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

निरन्तर वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदी बढेर बाढी आएर डुबानमा परेको हो । मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीय करसाङ गुरुङले बताए । बाँकी घर पनि जोखिममा परेका छन् । स्थानीय घर छाडेर सुरक्षित ठाँउमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले बताए । उनका अनुसार तालगाउँ र चामे बजारका स्थानीय अहिले सुरक्षित ठाउँमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको स्थानीय मिनराशी गुरुङले बताइन । मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताए । तालमा रहेको प्रहरी चौकीका ...
श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या
अपराध, समाचार

श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको मुख्य भूमिका रहेको रहस्य खुलेको छ । विगत २/३ वर्षदेखि श्रीमान दिपक पाण्डेयको हत्या गर्ने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामै गत जेठ ५ गते कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा नेता पाण्डेको हत्या भएको खुल्न आएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।  दिपक पत्नी महिमाले पतिको हत्या गर्नका लागि अर्का मुख्य योजनाकार कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओम प्रकाश यादवलाई प्रयोग गरेकी छिन् । प्रहरीकाअनुसार ओमप्रकाश यादवसँग महिमाको अनैतिक सम्बन्ध थियो ।  सो अनैतिक सम्बन्धबारे दिपक पाण्डेलाई थाहा भए आफूलाई अप्ठ्यारो हुने थाहा पाएपछि दिपकको हत्या गर्ने योजनामा पत्नी महिमा र ओम प्रकाश अघि बढेको प्रहरीले जनाएको छ ।  पत्नी महिमा र ओम प्रकाश दुवैजना मिलेर दिपकको हत्या गर्नका लागि कपिलवस्तु नगरपाल...
उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने
समाचार, समाज

उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने

काठमाडौँ उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने भएको छ । आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने भएकाले आजदेखि झण्डै दुई महिनासम्म मेलम्चीको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।  काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी अब दुई महिना नआउने भएको हो । मेलम्चीको पानी नआउने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले खानेपानी वितरण गर्ने भएको छ । केयुकेएल खानेपानीको तालिका सार्वजनिक गरेको छ ।  अब केयुकेएलले मेलम्चीको पानी नआउन्जेलसम्म खानेपानी वितरण गरिने भएको हो । केयुकेएल एक सूचना जारी गर्दै खानेपानी लिमिटेडले कुन ठाउँमा कहिले खानेपानी वितरण गरिने जानकारी दिएको छ ।  ...