Saturday, November 21

Blog

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त ८ मन्त्रीहरुले लिए सपथ
राजनीति, समाचार

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त ८ मन्त्रीहरुले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलले मन्त्रिपरिषद विस्तार गरेका छन्। योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ। प्रधानमन्त्री ओलीले विहीबार सात मन्त्री र एक राज्यमन्त्री थप गरी २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्। संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ। नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको शशपथ ग्रहण गराइन्। प्रधानमन्त्री ओलीले विहीबार खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण नियुक्त गरेका ...
विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त
राजनीति, समाचार

विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।  विहिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् । एमालेका २७ जना सांसदले उनको पक्षमा मतदान गरे भने विपक्षमा ३० जना सांसदले मतदान गरे ।  गत वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री बनेका गुरुङले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत मागेका हुन् । तर विश्वासको मत लिन प्रयास गरेपनि उनले बहुमत प्राप्त गर्न सकेनन् ।  ६० सदस्य रहेको प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र सांसदमा १ जना रहेका छन् । ...
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजनीति, समाचार

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नागरिकता ऐन संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले विहीबार सरकारका नाममा अन्तरिम आदेश दिएको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। सरकारले जसपालाई सरकारमा ल्याउन नागरिकता ऐन संशोधनका लागि अध्यादेश ल्याएको थियो। सो अध्यादेश कार्यान्वयन भए विदेशीले पनि सहजै नेपाली नागरिकता पाउने भन्दै आलोचना भएको थियो भने केहीले सो अध्यादेश संविधान सम्मत भएको भन्दै बचाउ गरेका थिए। नागरिकता ऐन संशोधनका लागि संसदमा विधेयक प्रस्तुत थियो। तर, प्रतिनिधिसभा विघटनसँगै सो विधेयक निष्क्रिय भइसकेको छ।...
थप ३७०० जनामा कोरोना पुष्टि, ५००० बढी निको
समाचार

थप ३७०० जनामा कोरोना पुष्टि, ५००० बढी निको

 बिहिबार नेपालमा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ९०१ पीसीआर र ५ हजार ३३७ एन्टीजेन परिक्षणमा क्रमशः २ हजार ८७४ र एक हजार जना गरी ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ५९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार २३८ जनाको मृत्यु भएको छ । यस्तै देशभर ६१६ जना क्वारेन्टिनमा रहेका छन ।...
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको छ ।   बुधबार तोलाको ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर ९३ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ...
८ जना नयाँ मन्त्री थपिए, यी हुन् थपिएका मन्त्रीहरु
राजनीति, समाचार

८ जना नयाँ मन्त्री थपिए, यी हुन् थपिएका मन्त्रीहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले ७ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेर मनित्रपरिषदलाई पूर्णता दिएका हुन् । थपिएका मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीले नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विक वन राज्यमन्त्री बनाएका छन् ।...
मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, गृहमा खगराज अधिकारी
राजनीति, समाचार

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, गृहमा खगराज अधिकारी

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्। उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ। प्रधानमन्त्री ओलीले आफू निकट मानिने खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।...
गण्डकी प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै
राजनीति, समाचार

गण्डकी प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै

गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांस...
देशभर ७४ हजार काेराेनाका संक्रमित हाेम आइसाेलेसनमा
समाचार

देशभर ७४ हजार काेराेनाका संक्रमित हाेम आइसाेलेसनमा

देशभरमा ७४ हजार ४ सय ३८ जना काेराेनाका बिरामीहरू होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ९ हजार ८ सय ६२ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै प्रदेश २ मा ६ हजार ७ सय ५६, बाग्मतीमा २९ हजार ७०, गण्डकीमा ७ हजार ५ सय ८५, लुम्बिनीमा ११ हजार २ सय ८३, कर्णालीमा ३ हजार ७ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८५ जना होम आइसोलेसमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। दोश्रो लहर आएपछि उच्च विन्दुमा पुगेको सक्रिय संक्रमितको संख्या पछिल्ला केहीदिन घटीरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार गत पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ हजार सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ११ हजार ८५, भक्तपुरमा ३ हजार २ सय...
गायक राजन श्रेष्ठको “त्यो मन” गीतको भिडियो छायांकन सम्पन्न
मनोरन्जन, समाचार

गायक राजन श्रेष्ठको “त्यो मन” गीतको भिडियो छायांकन सम्पन्न

“त्यो मन” बोलको आधुनिक गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न भएको छ । गायक तथा संगीतकार राजन श्रेष्ठको स्वरमा रहेको गीतको भिडियो, पर्यटक नगरी पोखराका रमरणीय स्थलहरुमा छायांकन गरिएको छ । गायक श्रेष्ठकै शव्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठले नै गरेका हुन । रोशन बालुवाको एरेन्ज रहेको गीतको भिडियोको छायांकन नेत्र गुरुङ्गले गरेका हुन भने मेकअप जय गुरुङ्ग र ड्रोन अपरेटिङ्ग दिपेश केसीको रहेको छ । भिडियोमा मोडलद्वय रोशनी कार्की र भानु पाण्डेको अभिनय रहेको छ । सांगीतिक क्षेत्रमा एक समय गीत तथा भिडियो निर्माण संग संगै गायनमा समेत चर्चा कमाएका गायक राजन श्रेष्ठ ६ वर्ष पछि यसै गीत मार्फत पुनः सांगीतिक क्षेत्रमा फर्किएका छन् । ढुंगाको मूर्ति, भूल्नै सकिन, तिम्रो मायामा लगायत एक सय भन्दा बढी लोकप्रिय गीतको निर्माण निर्देशन गरेका श्रेष्ठले अहिलेका थुप्रै चर्चित मोडलहरुला...