Saturday, November 21

Blog

सर्वाेच्च अदालतमा संवैधानिक इजलास पुनर्गठन
समाचार

सर्वाेच्च अदालतमा संवैधानिक इजलास पुनर्गठन

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोकेका छन्। इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन्। वरिष्ठताका आधारमा हरिकृष्ण कार्की भने इजलासमा परेनन्। कार्की र भट्टराई यसअघि गठित इजलासमा पनि थिए।  रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ। गत मंगबलार सर्वोच्च बारका प्रतिनिधिसँग भएको छलफलमा प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने  जनाएका थिए।...
ललिता निवासका ४९ ‘जग्गाधनी’लाई २१ दिने म्याद, म्यादभित्र प्रमाण नल्याए जग्गा सरकारको
समाचार

ललिता निवासका ४९ ‘जग्गाधनी’लाई २१ दिने म्याद, म्यादभित्र प्रमाण नल्याए जग्गा सरकारको

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने जग्गा आफ्नो नाममा भएका ४९ जना कथित जग्गाधनीविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । उनीहरुलाई यो जग्गा आफ्नो भएको प्रमाण पेश गर्न यो म्याद दिइएको हो । यदि उनीहरुले यो म्यादभित्र जग्गा आफ्नो भएको प्रमाण पेश गर्न नसके जग्गा नेपाल सरकारको नाममा कायम गरिनेछ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुपर्ने भएकोले सो गर्नु नपर्ने भए आफ्नो प्रमाण पेश गर्नको लागि सूचना दिन जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले गोरखापत्रमा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो । कार्यालयले निषेधाज्ञाका कारण भौतिक रुपमा उपस्थित हुन नसक्ने भए इमेलमार्फत समेत प्रमाण पेश गर्न सकिने जनाएको छ । मालपोत कार्यालयले जग्गाधनीलाई सो जग...
सिराहामा औषधी व्यवसायीमाथि गोली प्रहार
समाचार

सिराहामा औषधी व्यवसायीमाथि गोली प्रहार

सिराहाको मिर्चैया नगरपालिका  ४ मा गोली प्रहारबाट एक जना घाइते भएका छन् । शनिवार बेलुका अज्ञात समूहले चलाएको गोली लगेर एक औषधि व्यवसायी घाइते भएका हुन् । घाइते हुनेमा मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी रहेका छन् । प्रहरीका अनुसार उनको बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको छ ।  गोली लागेर घाइते भएका सागरको मंगलम् अस्पतालमा उपचार भइरहेको जनाइएको छ । गोली चलाएको अरोपमा घाइते साफीका दाजुभाइ पर्नेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको जनाइएको छ ।  ...
भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन १ लाख १४ हजार संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दै, एकैदिन १ लाख १४ हजार संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ५३७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ८८ लाख ८ हजार ३७२ जना पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६८३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ७८४ पुगेको छ ।  यस्तै २ करोड ६९ लाख ७६ हजार ६११ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ । यसअघी निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।...
कोरोना अपडेटः ५ हजार ४२ जना संक्रमित थपिए, ८ हजार २४३ निको भए
समाचार, स्वास्थ्य

कोरोना अपडेटः ५ हजार ४२ जना संक्रमित थपिए, ८ हजार २४३ निको भए

गत २४ घण्टामा नेपालमा ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ८ हजार २ सय ४३ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३ सय ४३ परीक्षण गर्दा १ हजार ५ सय २ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ६८ जनाको कोरोनाका कारण ज्यान गएको छ। हालसम्म नेपालमा ५ लाख ८५ हजार १ सय जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। जसमध्ये ७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ८४ हजार ३ सय ७३ जना निको भएका छन्। हालसम्म निको हुने दर ८२.७८ प्रतिशत रहेको छ।...
कोरियाबाट सहायतास्वरुप किटसहित विविध स्वास्थ्य साम्रगी सहयोग
समाचार

कोरियाबाट सहायतास्वरुप किटसहित विविध स्वास्थ्य साम्रगी सहयोग

कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् ।  नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आगामी महिना काठमाडौँ ल्याइने उक्त मन्त्रालयले बताएको छ । दोस्रो लहरको कोभिड–१९ महामारीविरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ ।...
नेपाललाई कोरोना खोप दिन प्रधानमन्त्री ओलीद्वारा यूकेलाई आग्रह
समाचार

नेपाललाई कोरोना खोप दिन प्रधानमन्त्री ओलीद्वारा यूकेलाई आग्रह

नेपालका प्रधानमन्त्रीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन्। कोरोनाभाइरसको कहालीलाग्दो दोस्रो लहरसँग जुझिरहेको देशका केपी शर्मा ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताएका हुन्। ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन्। नेपालमा पछिल्लो महिना दैनिक नौ हजारभन्दा धेरै सङ्ख्यामा दैनिक सङ्क्रमण पुष्टि हुने गरेको थियो। ओलीले भने, "म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दु:ख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु।" प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा को...
वातावरण सुधार गर्न राष्ट्रपतिको आह्वान
समाचार

वातावरण सुधार गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमुखी जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण सुधार गर्न आह्वान गरेकी छन् । प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउदै उनले सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्नुपर्नेमा जोड दिएकी हुन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले जल, वायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई राख्नुपर्नेमा जोड दिएकी छन् । उनले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनको रूपमा यस दिवसलाई लिन पनि आग्रह गरेकी छन्।...
काठमाडौँ महानगरपालिकाको प्रत्येक वडामा खोप केन्द्र
समाचार

काठमाडौँ महानगरपालिकाको प्रत्येक वडामा खोप केन्द्र

काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो । उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो ।  ज...