Saturday, November 21

Blog

भारतमा एकैदिन १ लाख १ हजार संक्रमित थपिए
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन १ लाख १ हजार संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   पछिल्लो २४ घण्टामा १ लाख १ हजार २३३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि भारतमा १ लाख १४ हजार ५३७  कोरोना संक्रमित फेला परेका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाख ९ हजार ६०४ जना पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४९ हजार २२९ पुगेको छ ।  यस्तै २ करोड ७१ लाख ५० हजार ७२७कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
महन्थ ठाकुर समूहका चार मन्त्री बर्खास्त
राजनीति, समाचार

महन्थ ठाकुर समूहका चार मन्त्री बर्खास्त

 प्रदेश २  सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् । प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञान...
राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीमाथि हुने कुटपिटलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेशमा के छ
समाचार

राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीमाथि हुने कुटपिटलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेशमा के छ

अस्पतालमा उपचाररत विरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तथा अस्पतालहरुमा तोडफोड गर्ने घटना बढेपछि त्यसलाई कारबाहीको दायरामा ल्याउन सरकारले अध्यादेशमार्फत कानुन ल्याएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेसँगै नेपाल राजपत्रमा प्रकाशित भएर लागुसमेत भएको छ। यो अध्यादेशले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। यस्तै स्वास्थय संस्थामा आन्दोलन गर्नेमाथि पनि कारबाही हुने भएको छ। अध्यादेशले स्वास्थ्य संस्था घेराउ गरे एक वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ। कोरोना संक्रमितको उपचारका लागि खटिएका नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो। ...
असार १ गतेदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय
शिक्षा, समाचार

असार १ गतेदेखि नयाँ भर्ना शुरु गराउँदै शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिएका छन् भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न आज मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिएका हुन् । कोभिड–१९ का कारण चालु शैक्षिकसत्र जेठसम्म लम्ब्याइएपछि नयाँ सत्र असार १ गतेदेखि हुने पूर्व निर्धारण गरिएकामा यस वर्षको दोस्रो लहरको कोरोना रोकथामका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा ...
नुनमा कमिशन र नाफाखोरलाई प्रश्रय,जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र :विपक्षी गठबन्धन
अर्थ/व्यापार, समाचार

नुनमा कमिशन र नाफाखोरलाई प्रश्रय,जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र :विपक्षी गठबन्धन

आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको  उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन ।  विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’ साथै, गठबन्धनले सो निर्णय जनता...
जनता निराश भए ब्यवस्था माथि नै संकट
राजनीति, समाचार

जनता निराश भए ब्यवस्था माथि नै संकट

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यति बेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरु सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन । नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन । उनीहरुले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद बिस्तार संगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक को...
डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने
समाचार

डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने

डेनमार्कले नेपाललाई कोरोनाभाइरस (कोभिड १९)विरुद्धको १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले नेपाल सरकार स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर अनुदानमा १४ लाख डोज खोप दिने जानकारी दिएको हो । डेनमार्कले एस्ट्राजेनेकाको १४ लाख डोज खोप उपलब्ध गराउने भएको हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपको भारतीय कम्पनी सेरम इन्स्टिच्युड अफ इन्डियाले उत्पादन गरेको छ । सेरमले उत्पादन गरेको खोप लगाएका जेष्ठ नागरिक खोपको पर्खाइमा रहेका बेला डेनमार्कले एस्ट्राजेनेकाको १४ लाख डोज खोप नेपाललाई अनुदानमा दिने भएको हो । ...
३४७९ जना संक्रमित थप, ९९ जनाको मृत्यु
समाचार, स्वास्थ्य

३४७९ जना संक्रमित थप, ९९ जनाको मृत्यु

 गत २४ घण्टामा नेपालमा ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै १ हजार २ सय ६२ परीक्षण गर्दा ४ सय ५५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ९९ जनाको कोरोनाका कारण ज्यान गएको छ।...
नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय क्रिकेट सिरिज स्पेनमा हुने
खेलकुद, समाचार

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय क्रिकेट सिरिज स्पेनमा हुने

 आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ। स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा सर्न सक्ने सम्भावना रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आइसीसीको पत्र आउन बाँकी रहे पनि खेल स्पेनमा सर्ने पक्कापक्की जस्तै भएको क्यानले बताएको छ। लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो।...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ/व्यापार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन ७ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत शुक्रबार उच्च रुपले घटेको सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैयाँले बढेको हो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कायम छ। यस्तै आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।...