Saturday, November 21

Blog

पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्रीमा पुनःनियुक्त
राजनीति, समाचार

पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्रीमा पुनःनियुक्त

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका छन्। गत आइतबार राजीनामा दिएका उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। गुरुङले बुधबारै पद तथा गाेपनीयताकाे सपथसमेत लिएका छन्। प्रदेशसभामा विपक्षीहरुले राखेको अविश्वास प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन गुरुङले आइतबार राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले गठबन्धन सरकारका लागि दावी पेश गर्न बुधबार अपरान्ह ४ बजेको समय दिएकी थिइन्। विपक्षी गठबन्धनले काँग्रेस नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउने दावी गरे पनि जनमोर्चाले साथ नदिँदा बुहमत पुगेको थिएन। विपक्षीले दावी गरेअनुसार बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गुरुङ फेरि सरकारमा फर्किएका हुन्। उनले अब ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको म...
२४ घण्टामा देशभर थप ९४८३ जनामा संक्रमण पुष्टि,९७ हजार ८ जना सक्रिय संक्रमित
समाचार, स्वास्थ्य

२४ घण्टामा देशभर थप ९४८३ जनामा संक्रमण पुष्टि,९७ हजार ८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । ...
मुलुकमा राजनीतिक अस्थिरता हुनु भनेको मुलुक पछाडि धकेलिनु हो
राजनीति, समाचार

मुलुकमा राजनीतिक अस्थिरता हुनु भनेको मुलुक पछाडि धकेलिनु हो

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सो आहवान गरेका हुन । अवको राजनीतिक गति कसरी अघि बढछ त्यो भने अहिले नै यकिन गर्न सकिने अवस्था बनि सकेको छैन । राजनीतिमा कति खेर के हुन्छ त्यो भन्न सकिदैन । अहिले राजनीतिमा जे गतिविधि भइरहेका छन ति जनताको पक्षमा भइरहेका छैनन् । ति गतिविधि नेताहरुको सत्ता स्वार्थका लागी भइरहेका छन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुवेका छन । जसले गर्दा आमनागरिक मर्कामा परेका छन । यो कुरा सवैले बुझेका छन । दल र नेताका कारण देश बर्वाद भयो । दल र तिनका नेताहरुल...
गायक सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)

संगीतको दुनियामा आफ्नो सुमधुर स्वर लगायत विभिन्न गीतहरूमा संगीत दिदैँ आफ्नो कलालाई निखार्दै आउनुभएका चर्चित गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको शव्दमा तयार भएको गीतलाई स्वयं सुरेन्द्रले संगीत र जिबित जल्मीले एरेन्ज गरेका हुन । सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोलाई भने गायक रवि सुवेदी तथा राज मर्हजनले संयुक्त रुपमा गरेका छन । रत्न शोभा मर्हजनले सम्पादन तथा रवि सुवेदीकै छायांकन रहेको भिडियोमा गायक सुरेन्द्र तथा मोडल सरिता बज्राचार्यको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=hAy-0ooL1yU&t=4s भिडियो गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्यूब च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक भएको छ । संगीत क्षेत्रमा केही अलग मिठास दिने हेतुले तिरन्तर नेपाल भाषामा गीत लिएर बजारमा आईरहेका सुर...
जसोदा र धुर्वको अभिनयमा सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

जसोदा र धुर्वको अभिनयमा सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक(भिडियो)

समय एक्काईसौ शताब्दीमा पुगिसक्यो तर नेपालमा अझै पनि कँहीकतै जातपातलाई मानिन्छ । अहिले कानुनी रुपमा पनि यसलाई गलत मानिसकिएको छ तर पनि कहिकतै समाजमा यसको छाप कायम नै छ । यस्तै यस्तै कथा बस्तुलाई लिएर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘नियतिको खेल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । https://youtu.be/NHmEvBODYfA सुमन बस्नेत र मुना कुमालको स्वरले सजिएको गीतमा जसोदा कार्की, धुर्व कोइराला र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई क्रान्ति के सिले निर्देशन गरेका छन । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मी र सम्पादन निर्देशक के सि कै रहेको छ । भिडियोलाई सुनिल बिसिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए
राजनीति, समाचार

एकैदिन आज १३९ जनाको मृत्यु,९,१२७ जना संक्रमित थपिए

नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् ।
विश्वासको मतका लागि भोट नदिने एमाले पार्टिका सांसद (सूचिसहित)
राजनीति, समाचार

विश्वासको मतका लागि भोट नदिने एमाले पार्टिका सांसद (सूचिसहित)

सत्तारुढ दल नेकपा एमालेका २८ जना सांसदहरु प्रतिनिधिसभाको बैठकमा अनुपस्थित रहेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमाथि मत विभाजन हुँदा एमालेकै २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्रीको प्रस्ताव असफल भएको छ। एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव कुमार नेपाल समूहले सोमबार बिहानै प्रतिनिधिसभा बैठकमा अनुस्थित हुने निर्णय गरिसकेको थियो। सो निर्णय अनुसार एमालेका २८ जना सांसद अनुपस्थित भएका हुन्। पार्टीमा चर्किएको विवादका कारण उनीहरु बैठकमा अनुपस्थित भएका हुन्। सोमबार बिहानसम्म पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भए पनि छलफल सफल हुन सकेको थिएन। सामूहिक राजीनामा दिने बताएको माधव समूहले अन्तिममा बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार नै ह्वीप जारी गर्दै सम्पूर्ण सांसदहरुलाई उपस्थित हुन र प्रस्तावको पक...
२४ घण्टामा ८८ जना मृतक थपिए
समाचार, स्वास्थ्य

२४ घण्टामा ८८ जना मृतक थपिए

देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । https://www.youtube.com/watch?v=au4cTL0dNak यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।...
दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो
समाचार, समाज

दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो

 दोलखास्थित भीमेश्वर मन्दिरको शीलामा पसिना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै शनिबार दिउँसो सवा १२ देखि साढे १ बजेसम्म शीलामा पसिना आएको जनाएको हो । पसिना आएपछि मन्दिर व्यवस्थापनको जानकारीको आधारमा जिल्ला सुरक्षा समितिका अधिकारीहरु त्यहाँ पुगेका थिए । मन्दिरमा क्षमापूजा समेत गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । चलिआएको परम्पराअनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएको प्रशासनले जनाएको थियो ।...