Saturday, November 21

Blog

कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता
अन्तर्राष्ट्रिय, समाचार

कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई मान्यता दिएको छ । डब्ल्युएचओले भरखरै मान्यता दिए पनि चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको यो खोप चीनसहितका विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् । अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरुमा यसअघि नै चिनियाँ खोप आकस्मिक प्रयोगका लागि भन्दै प्रयोगमा आइसकेको छ । डब्ल्युएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो । डब्ल्युएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको बीबीसीले जनाएको छ । सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले दाबी गरेको छ ।...
माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद बम हमलामा घाइते
अन्तर्राष्ट्रिय, समाचार

माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद बम हमलामा घाइते

 माल्दिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते भएका छन्। उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्। सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो। माल्दिभ्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा भनिएको छः मोहम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उनको हाल उपचार भइरहेको छ। प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ। उनको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ। तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ। उनका समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्। त्यहाँको अवस्था तनावपूर्ण रहेको र ...
सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)

सूर्य राई दनुवारको स्वरमा रहेको गीत ‘सँगैमिली जिन्दगीको नाउँ तर्न’ सार्वजनिक भएको छ । विकास चौधरीको सङ्गीत नारायण नेपालको रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=GU1QpQK22WA भरत केशीले निर्देशन गर्नुभएको गीतको भिडियोमा विजय केसी र मोनिका रायालाई फिचरिङ गरिएको छ ।भिडियो निर्माण कृष्ण भट्टराई तथा राज कुमारको रहेको छ भने गीतको भिडियो कृपा टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
यो माहामारीका बेला राजनीति गर्ने होइन,एक ढिक्का हुने बेला हो
राजनीति, समाचार

यो माहामारीका बेला राजनीति गर्ने होइन,एक ढिक्का हुने बेला हो

-डा.डिआर उपाध्याय, प्राणघातक जस्तो कोरोना भाईरस संग जोगिन आफनो घरभित्र बस्नु बाहेक अर्को कुनै बिकल्प देखिएन । लामो दिन सम्म एकै ठाउँमा बसिरहदा दिग्दार लाग्दो रहेछ । के गर्ने यो संग जोगिन पनि त पयो नि । धर्य साथ हामी सवैले निषेधाज्ञा पालना गरौँ । यो बाहेक अरु कुनै बिकल्प छैन । कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ । यो रोग संग हामी कसैले पनि खेलवाड नगरौं । सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने दायित्व र कर्तव्य हामी सवै नागरिकको हो । सरकारले कोरोना भाईरसलाई नियन्त्रमा ल्याउन निषेधाज्ञा जारी गरेको हो । आज देशमा दिनप्रति दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिरामीको मृत्युदर पनि बढ्दै गएको छ । आज कोरोना महामारीको दोस्रो लहर निकै संकटपूर्ण देखिएको छ । यसको सामाना गरेर जानु पर्ने आबश्यकता देखिएको छ...
तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक
मनोरन्जन, समाचार

तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको नाम तस्बिर राखेकी छन् । उनको पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा हो । https://youtu.be/qln0km17AII तस्बिर एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन् । गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ । पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ । त्यस्तै लाली ओठैमा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यान...
भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए

भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । ...
निजी क्षेत्रद्वारा कर र विवरण बुझाउने समय थप गर्न माग
अर्थ/व्यापार, समाचार

निजी क्षेत्रद्वारा कर र विवरण बुझाउने समय थप गर्न माग

निजी क्षेत्रले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कर्मले आज विज्ञप्ति जारी गर्दै महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि सरकारसँग माग गरेका हुन् । परिसङ्घले कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा कानूनमा उल्लेखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रूपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा हाल भएको व्यवस्था ‘एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नुपर्ने’ व्यवस्थालाई सहज बनाई कोभिडको प्रकोप न्यून नहु...
अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड
मनोरन्जन, समाचार

अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड

नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई  ‘बेस्ट कोरियोग्राफर अफ दी  ईअर ‘अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न नेपाल म्यूज़िक  एक फ़ैशन अवार्ड को समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरीयोग्राफर बिधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड पाएका  छन।   यसका साथै फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।  नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो । बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, हेयर स्टाइलिस्ट रीना...
उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप,अब थप कडाइ गरिने
राजनीति, समाचार

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप,अब थप कडाइ गरिने

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ। बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ। बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्। फुटपाथका पसल बन्द गरिने भएको छ। बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारी साधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ। यसको व्यवस्था सम्बन्धित मन्त्रालय र विभागबाटै गर्ने प्रमुख जिल्ला अधिकारीको निर्णय छ। सञ्चारमाध्यमलाई पनि आवागमनमा थप कडाइ गरिने भएको छ। अब सूचना विभागले जारी गरेका प्रेस पास देखाउनुपर्नेछ। त्यो नभएकाहरुका हकमा सम्बन्धित सञ्चारगृहले प्रशासनमा न्यू...
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित
अर्थ/व्यापार, समाचार

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित

निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पु-याइने घोषणा गरेका थिए। प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज राजपत्रमा प्रकाशन गरेको हो। वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ। सोअनुसार रु नौ हजार ३८५ आधारभूत पारिश्रमिक र रु पाँच हजार ५१६ महँगी भत्ता गरी मासिक रु १५ हजार हुने छ। यसअघि श्रमिकको आधारभूत पारिश्रमिक रु १३ हजार ४५० थियो। मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक रु ३६१ र दैनिक महँगी भत्ता रु २१६ गरी दैनिक रु ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा रु ७७ तोकेको छ। यो चिया...