Saturday, November 21

Blog

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै
मनोरन्जन, रोचक

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको मेहनत र उपलव्धीलाई थप हौसला प्रदान गर्दै आएको छ । सिजन मिडिया आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको सगौरव घोषणा गर्दछौ । सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल त...
मञ्जु थापाको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक
मनोरन्जन, समाचार

मञ्जु थापाको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

काठमाडौं, साउन १८ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको एरेञ्ज छ । गम्भीर विष्टको निर्देशन/कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।  टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको सुनाउनुभयो । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको समेत बताउनुभयो । शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण एकै प...
मिर्गौला रोगबाट पीडित दुलाललाई श्रृजना टोल विकास समितिको सहयोग
समाचार, समाज

मिर्गौला रोगबाट पीडित दुलाललाई श्रृजना टोल विकास समितिको सहयोग

दुवै मिर्गौला फेल भएर उपचाररत काठमाडौं टोखा नगरपालिका वडा नं. १ का नवराज दुलाललाई आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौं टोखा १० स्थित श्रृजना टोल विकास समितिले दुलाललाई आर्थिक सहयोग गरेको हो । दुलाललाई सहयोग गर्न समाजसेवी एवम् संस्थाका उपाध्यक्ष कमल ढकालको महत्वपूर्ण भूमिका रहेको छ । दुलालको कमजोर अवस्था बारे झोर महाँकालका समाजसेवी दीपेन्द्र तिवारीले ढकालसमक्ष पुर्याएका थिए । दुवै मिर्गौला फेल भएर लामो समयदेखि उपचार गराइरहेका दुलाल हप्तामा दुई पटक डाइलासिस गर्दै आएका छन् । उनलाई अस्पताल जानसमेत समस्या भएको, घरमा श्रीमती पनि बिरामी भइरहने र साना दुई बच्चालाई पढाउनसमेत धौ–धौ भएको भन्दै टोल विकास समितिले सहयोग गरेको हो । सहयोग बुझ्दै दुलालले टोल विकास समितिलाई धन्यवाद व्यक्त गरे ।...
गायक सुदेश शर्माको चर्चित गीत ‘हामी नदीका दुई किनारा’लाई पून: गाए सुरेन्द्र श्रेष्ठले (भिडियो)
मनोरन्जन, समाचार

गायक सुदेश शर्माको चर्चित गीत ‘हामी नदीका दुई किनारा’लाई पून: गाए सुरेन्द्र श्रेष्ठले (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको नयाँ भिडियो सार्वजनिक भएको छ। यसपालि उनले पुरानो सदाबहार गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन गाएका छन्। पुराना वरिष्ठ संगीतकार चन्द्र राज शर्माद्वारा संगीतबद्ध उक्त गीतका रचनाकार सुर्य राज शर्मा हुन् भने वरिष्ठ गायक सुदेश शर्माले originally उक्त गीत गाउनु भएको थियो, भने गायक सुरेन्द्र श्रेष्ठले आफ्नै पनमा यस गीत लाई गाएका छन्। गीतको भिडियो पनि सुन्दर रहेको छ। भिडियोमा रुपेन्द्र श्रेष्ठ तथा भिन्तुना जोशी, उजय शाही तथा मथुरा महर्जनले अभिनय गरेका छन् भने छायांकन तथा सम्पादन योवन शाक्य तथा रङ्ग संयोजन आकृष्ट शाक्यले गरेका हुन् भने सज्जा स्वेता शाक्य को रहेको उक्त भिडियो को कथा लेखन तथा निर्देशन विश्वास बज्राचार्यले गर्नु भएको छ। भिडियोको प्रस्तुति सुरमेलोडी रेकर्डिङ स्टुडियो तथा ज्योति music kovraheko छ। उक्त गीत गायक सुरेन्द्र श्रेष्...
कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’
मनोरन्जन, समाचार

कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’

कोरियोग्राफर तथा नृत्य निर्देशक सन्दिप भुजेल ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान-२०८०’  बाट सम्मानित भएका छन । राजधानीमा सम्पन्न ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मानूकार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको मण्डला ईन्टरटेनमेनट द्वाराआयोजित ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’मा उनले उक्त सम्मान पाएका हुन । समारोहका प्रमुख अतिथी प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर , समारोहका विशिष्ट अतिथीहरु प्रतिनिधि सभाका साँसद रेशम लाल चौधरी ,किरण कुमार शाह ,रेखा यादवको हात बाट कोरियोग्राफर भुजेललाई सम्मान प्रदान गरिएको थियो । डेढ दशक भन्दा लामो समय देखि नृत्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै आफनो कलाले दर...
प्रिन्स अभिनित ‘अदृश्य’श्रावण १९ बाट प्रदर्शनमा आउने
मनोरन्जन, समाचार

प्रिन्स अभिनित ‘अदृश्य’श्रावण १९ बाट प्रदर्शनमा आउने

आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिद सिंहले चलचित्रको विषयमा जानकारी गराउनुभयो । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।” यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताउनुभयो । “हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । हा...
रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा  शैक्षिक सामाग्री वितरण
शिक्षा, समाचार

रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा शैक्षिक सामाग्री वितरण

वीरगंज ,पर्सा । रोट्रयाक्ट क्लव अफ वीरगंज र रोटरी क्लव अफ ज्ञानेश्वर द्वारा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम आयोजना गरीएको थियो। वीरगञ्ज महानगरपालिका वडा नं ३० प्रसोतिपुर मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ। स्कूलमा पढाइ गर्ने कक्षा बाल शिक्षा देखि कक्षा पांच समको बिद्यार्थी लाई ब्याग र स्टेशनरी वितरण गरिएको छ। कक्षा बाल शिक्षा देखि कक्षा पांच २५० दुइ सय पचास जना बिद्यार्थीलाई ब्याग तथा स्टेशनरी वितरण गरिएको कुरा रोट्रयाक्ट क्लव का आयुष गुप्ताले जानकारी गराएका छन। कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष आरटीएन दिपक तुल्स्यान, चार्टर्ड सेक्रेटरी रोटरी क्लव अफ ज्ञानेश्वर आरटिएन सृष्टि त्रिपाठी, डिष्ट्रिक्ट रोटरी तथा रोटर्याक्ट रिलेसन चेयर आरटीआर आयुष गुप्ता , रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचिव ...
सराना श्रेष्ठ निर्देशित बृत्तचित्र ‘पूर्नजन्म’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सराना श्रेष्ठ निर्देशित बृत्तचित्र ‘पूर्नजन्म’ सार्वजनिक(भिडियो)

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अंगदान र अंग प्रत्यारोपण सम्बन्धि चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ । शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा उक्त वृतचित्र प्रदर्शन गरिएको हो । १५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गरेकी हुन । सराना वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी सुपुत्री हुन । समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र संभव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरुले पनि ठूलो भूमिका खेल्ने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देश भरि बिस्तार गर्न र तत्काल विरामीको चापको आधारम...
विश्व किर्तिमानी सौगात विष्टले प्लस टुअध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज
शिक्षा, समाचार

विश्व किर्तिमानी सौगात विष्टले प्लस टुअध्ययनका लागि रोजे मनास्लु वर्ल्ड कलेज

७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमान (गिनिज वर्ल्ड रेकर्ड) राख्न सफल सौगात विष्ट मनास्लु वर्ल्ड कलेजमा भर्ना भएका छन् । उनी कक्षा ११मा कानुन विषय अध्ययन गर्नका लागि सो कलेजमा भर्ना भएका हुन् । मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।  विष्टले विश्वको सवैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४मा विश्व किर्तिमान राखेका थिए । चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेबापत उनले विश्व किर्तिमान राख्न सफल भएका थिए । मनास्लु कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु जस्तै खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखिनै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर...
सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक(भिडियो)

सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो । गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौं क्लबमा समेत पर्न सफल भएका छन् ।...