कोरियोग्राफर तथा नृत्य निर्देशक सन्दिप भुजेल ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान-२०८०’ बाट सम्मानित भएका छन ।
राजधानीमा सम्पन्न ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मानूकार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको मण्डला ईन्टरटेनमेनट द्वाराआयोजित ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’मा उनले उक्त सम्मान पाएका हुन ।
समारोहका प्रमुख अतिथी प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर , समारोहका विशिष्ट अतिथीहरु प्रतिनिधि सभाका साँसद रेशम लाल चौधरी ,किरण कुमार शाह ,रेखा यादवको हात बाट कोरियोग्राफर भुजेललाई सम्मान प्रदान गरिएको थियो ।
डेढ दशक भन्दा लामो समय देखि नृत्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै आफनो कलाले दर्शकको मन जित्दै आईरहेका सन्दीप भुजेल कोरियोग्राफीको रुपमा निकै परिचित छन । म्यूजिक भिडियो निर्देशक समेत रहेका भुजेलले थुप्रै प्रतिष्ठित संघ संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन ।
