अन्तरवार्ता Archives - ग्यालेक्सी दैनिक
शनिबार, मंसिर २९, २०८१

अन्तरवार्ता

माधव निर्दोषको ‘पश्चाताप’ सार्वजनिक (भिडियो)
अन्तरवार्ता, मनोरन्जन, समाचार

माधव निर्दोषको ‘पश्चाताप’ सार्वजनिक (भिडियो)

‘पश्चाताप’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जना गुरुङद्धारा गायन यस गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार तथा निर्देशक माधव निर्दाेषद्धारा निर्देशित एवम् लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । साउन २५ गते बुधबार एक समारोहका बिचमा उक्त गीतका गीतकार माधव निर्दाेष, मोडल विकास लामिछाने र सन्दिपा बाटा श्रेष्ठको सहभागितामा उक्त गीत माइक्रो टि.भी नेपाल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ । समारोहमा बोल्दै गीतकार माधव निर्दाेष भन्नुहुन्छ,“यो गीत वियोगान्त गीत हो तर संयोगान्तमा टुंगिएको छ । सुन्दा पनि धेरै राम्रो छ साथै अभिनय पनि राम्रो रहेको छ । यसमा एकजना विश्वास गरेको पात्रलाई गुमाउँदा हुने उतारचढावको बारेमा देखाउन खोजिएको छ ।” त्यस्तै मोडल विकास लामिछाने भन्नुहुन्छ,“यो गीत दुःखमा आधारित गीत हो । गीत सुन्दा राम्रो अनुभव हुन्छ ।”भन्दै उहाँले सबैलाई यस गीतलाई माया गरि...
कीर्तिमानी उपन्यासकार डा. डीआरको चौधौं उपन्यास कृति ‘कसुर’ विमोचन
अन्तरवार्ता

कीर्तिमानी उपन्यासकार डा. डीआरको चौधौं उपन्यास कृति ‘कसुर’ विमोचन

कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशक÷लेखक तथा वशिष्टि कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा. उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको थियो । उक्त कृतिमा संमिक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताउनुभयो । उहाँले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताउनुभयो । उपन्यास...
सत्ता गठबन्धनको राजनीति यही मंसिर ४ गते
अन्तरवार्ता

सत्ता गठबन्धनको राजनीति यही मंसिर ४ गते

-डा.डिआर उपाध्याय, काठमाडौं । संघीय र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको छ । निर्वाचन मिति घोषणा संगै बिभिन्न राजनीतिक दलहरु चुनाव केन्द्रित बन्न थालेका छन । आजको मिति सम्मको कुरा गर्ने हो भने संघीय र प्रदेशसभाको चुनावमा पनि सत्ता गठबन्धन दलहरु मिलेरै चुनावमा जाने कुरा गरिरहेका छन । उनीहरुको चाहना के हो भने जसरी हुन्छ एमालेलाई कमजोर बनाउने र चुनाव पछि मिलिजुली फेरि सरकारमा जाने र मिलेर खाने यो बाहेक गठबन्धनको अरु कुरा केही देखिएन । लोकतन्त्रमा दलहरु एक्ला एक्लै प्रतिष्प्रर्धा गर्नु पर्ने हो, मिलेर चुनाव लडनुको के अर्थ ? यसले राजनीतिक अस्थिरता निम्त्याउने बाहेक अरु केही गदैन । नेकपा एमालेलाई कमजोर बनाउन खोज्दा के मुलुकको राजनीति अस्थिरता तर्फ त जादैन ? यो प्रश्न भोली गम्भिर रुपमा उठने छ । बिगत लामो समय देखि सत्ता र शक्तिमा रहेकाहरुले मुलुकको भबिश्य बनाउन सकेनन् । आम नेपाली जनता बिकल...
सञ्चारकर्मी सबिता पोखरेलको मर्मश्पर्शी तीज गीतमा लोकप्रिय ६ गायक–गायिकाको स्वर
अन्तरवार्ता

सञ्चारकर्मी सबिता पोखरेलको मर्मश्पर्शी तीज गीतमा लोकप्रिय ६ गायक–गायिकाको स्वर

काठमाडौँ, साउन २४ ग्यालेक्सी दैनिक अन्तरजातिय विवाह झन् त्यसमाथी मध्यमवर्गिय परिवार र निम्न वर्गिय परिवारबीचको सम्बन्ध कस्तो बन्ला? दुई परिवारमा जब धनको स्तर र जात मिल्दैन त्यसपछि हुने असहजता, समस्या अनि घर र माइती दुबै पक्षबाट सुन्नुपर्ने भनाई र भोगाइ निकै बिकराल हुन्छन् । हामीले यहि कारणले ‘आत्महत्या’ सम्मको समाचार यद्यपी सुन्नु परिरहेको छ । झण्डै यहि कथासँग मिल्दोजुल्दो घटना भयो गायिका दिलमाया सुनारको हकमा पनि । विवाहपछि माइती र घरको हेला भोगेकी दिलमायाले अन्ततः गत असार ११ गते मृत्युको मुखमा पुगिन् । यतिबेला उनै गायिका दिलमाया सुनारको समेत स्वर रहेको मर्मश्पर्शी तीज गीत ‘आफैंले रोजेको घर’ सार्वजनिक भएको छ । सञ्चारकर्मी एवं गीतकार सबिता पोखरेलले लेखेको गीतलाई चर्चित एवं लोकप्रिय गायक गायिकाहरु टिका पुन, राधिका हमाल, गायक अर्जुन सुनाम, राजु परियार, गायिका दिलमा सुना (स्व.) र गायक...
शंकर र उषा अभिनित ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक
अन्तरवार्ता

शंकर र उषा अभिनित ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक

काठमाडौँ, साउन २४ ग्यालेक्सी दैनिक नेपाली महिलाहरुको महानपर्व तिज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तिज गीतहरु सार्वजनिक हुने क्रम जारी छ । सांगीतिक माहौल पनि तीजमय बनेको छ यतिबेला । यसै मेसोमा जया देवकोटा र रेजिना परियारको स्वरमा ‘अमेरिका मेरो बुढा छ’ बोलको रोमान्टिक तिज गीतको भिडियो सार्वजनिक भएको छ । बिपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज, मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको भिडियोमा लोकप्रिय कलाकार शंकर बिसि र उषा सुवेदीको अभिनय रहेको छ भने निर्देशन मदन खड्काले गरेका हुन् । https://www.youtube.com/watch?v=ftW9dzDJXtU...
आस्मान लोप्चानको ‘हाम्मैलिला खैलाला’ सार्वजनिक
अन्तरवार्ता

आस्मान लोप्चानको ‘हाम्मैलिला खैलाला’ सार्वजनिक

काठमाण्डौँ, साउन १९ ग्यालेक्सी दैनिक सेलो गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक आस्मान लोप्चानको नयां हिमाली सेलो गीत "हाम्मैलिला खैलाला" (शेर्पाको हुल उठ्यो) भिडियो सहित सार्वजनिक भएको छ । गीतमा उनलाई लामु शेर्पाले स्वरमा साथ दिएका छन । गायक आस्मान लोप्चान गायक मात्र नभएर एक कुशल मोडल तथा सञ्चारकर्मी समेत हुन् । सेलो गीत संगीतको बजारमा विभिन्न खालका म्युजिक भिडियो सार्वजनिक हुने क्रममा संस्कार, संस्कृति र गोईलो खोई भनेर प्रश्न उठाउनेहरुका लागी यो गीतको भिडियो राम्रै जवाफ बन्ने पक्का रहेको छ । गायकद्धय आस्मान लोप्चान स्वयम् अभिनित ८ मिनेट लामो यो गीतको भिडियोमा सांकेतीक रुपमा बौद्ध धर्मसंग सम्बन्धीत संस्कार, संस्कृति र गोईलोको अत्यन्तै राम्रो ढंगले प्रस्तुत गरेको देखिन्छ । गीतको शब्द र संगीत गायकद्धय आस्मान लोप्चानकै रहेको छ भने आवाज आस्मान लोप्चानको र ला...
गायिका सिजासु श्रेष्ठले ल्याईन “बेनि बजार” सार्वजनिक
अन्तरवार्ता

गायिका सिजासु श्रेष्ठले ल्याईन “बेनि बजार” सार्वजनिक

काठमाडौं, साउन १४ ग्यालेक्सी दैनिक दि भ्वाईस अफ नेपाल सिजन ३ बाट चर्चा कमाउन सफल गायिका सिजासु श्रेष्ठको स्वरमा "बेनि बजार" बोलको गीत सार्वजनिक गरिएको छ । गायिका सिजासु श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत यो गीत सार्बजनिक गरिएको हो । साङ्गितिक क्षेत्रलाई निरन्तरता दिइरहने क्रममा सिजासु ले अहिले " बेनि बजार" रिलिज गरे लगतै केही गीतको प्रमोशनमा ब्यस्त रहेकी छिन । डेकेन्द्र श्रेष्ठ निर्माण, शब्द, सङ्गीत रहेको यस् गीतमा सङ्गित संयोजन श्याम महर्जन र मिक्स, मास्टर दृभ केसिले गरेक छन । भक्तपुरको मनमोहक दृश्यहरुलाइ समेटेर गरिएको भिडियोलाई प्रतेक शाक्यले निर्देशन गरेका हुन । अभिनय गायिका स्वयम सिजासु र मुकुन्द भट्टको देख्न सकिन्छ । साङ्गितक क्षेत्रमा भविष्य खोज्दै मेहनतको साथमा लागिरहेकी सिजासुलाइ आगामी दिनमा प्रगतिको र सफलताको शुभकामना । https://youtube.com/watch?v=aIX1hBsF5...
नेपाल भाषाको चलचित्र ‘गालय वन”को ट्रेलर र गीत सार्वजनिक
अन्तरवार्ता

नेपाल भाषाको चलचित्र ‘गालय वन”को ट्रेलर र गीत सार्वजनिक

काठमाडौं, साउन १४ ग्यालेक्सी दैनिक भक्तपुर कमल बिनायक चलचित्र मन्दिरमा हालै एक बिशेष समारोहको आयोजना गर्दै नेपाल भाषाको चलचित्र 'गाल्य वन"को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख् आतिथ्य तथा वरिष्ठ कलाकार प्रकाश अधिकारीको बिशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कलाकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरुको लगायतको बाक्लो उपस्थिति रहेको थियो । एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको तथा अजय दुवाल निर्माता रहेको चलचित्रलाई संयुक्त स्थापितले निर्देशन गरेका छन । कार्यक्रममा प्रमुख् आतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा बिशेष आतिथि वरिष्ठ कलाकार प्रकाश अधिकारीले चलचित्रलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने यसको प्रदर्शन मिति पनि छिट्टै सार्वजनिक गर्ने कुरा निर्देशक संयुक्त स्थापितले जानकारी गराउनु भएको थियो । चलचित्...
तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक
अन्तरवार्ता

तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक

काठमाण्डौ, साउन ६ सारा संसार मिडिया तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । बुधवार गीत सार्वजनिक गरिएको गीतमा संंगीतकार लक्ष्मण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । नारायण रेग्मीको शब्द रहेको छ भने अर्जुन नेपालीको एरेन्ज रहेको छ । भिडियोमा बिना राउत लगायतकाले अभिनय गरेका छन् । मनोज डङ्गोलको मिक्सिङ रहेको छ भने रेकर्डडिस्टमा जिवन बडू छन् । भिडियोको निर्देशन प्रकाश कडेलले गरेका हुन् । https://www.youtube.com/watch?v=-esBhpA1uEs&t=238s&ab_channel=KeyofLife ...
सन्तोष पौडल’बटुकजी’ अभिनित ‘हजुरै हो’ सार्वजनिक
अन्तरवार्ता

सन्तोष पौडल’बटुकजी’ अभिनित ‘हजुरै हो’ सार्वजनिक

काठमाण्डौँ, साउन २ ग्यालेक्सी दैनिक लामो समयसम्म फिल्ममा अभिनय र मूख्य सहायक निर्देशक भएर अनुभव बटुलेका तथा केही समयदेखि टिकटकमा हिट भएका चलचित्रकर्मी सन्तोष पौडलद्वारा अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटकमा पत्नी पिडित पात्र बटुकजीको पात्रका रुपमा लोकप्रियता कमाएका पौडलले 'हजुरै हो' बोलको गीतमा अभिनय गरेको भिडियो सार्वजनिक भएको हो। फिल्मी शैलीमा तयार पारिएको सामाजिक कथा बुनिएको गीतको भिडियोमा बटुकजीको पत्नीका रुपमा टिकटिकमा हिट भएकी उनको वास्तविक जीवनको पत्नी अमृता पौडेलका साथमा लक्ष्मी गिरी, खेम बा, सो गीतका गायक तथा त्यसमाथि बनेको भिडियोका निर्देशक डीआर सुजन, गीतकार बोधश्री र बालकलाकार बिदान मैनालीले अभिनय गरेका छन्। लोभलाग्दो नृत्य र भावुक कथाको गीत नजिकिँदै गएको हरितालिका तीजको अबसरमा सार्वजनिक गरिएको हो। कोरोना महामारीको समयमा लगाइएको लकडाउनमा समय कटाउन र अभिन...